
लक्ष्मी पाण्डे
यो श्रावणले जीवनमा मधुमाश ल्याइदेओस्
तनैभरि मनैभरि प्रेमको रस पिलाइदेओस्।
गाड्नु छ कहिल्यै नढ्ल्ने गरी प्रेमका खम्बाहरु
ढल्नै लागेका हटाएर नयाँ पिलर उभ्याइदेओस्।।
आधुनिक र नौलो होस् हाम्रो पीरती दुनियाँमा
लोभिएर जुनले पनि हामीलाई गिज्याइदेओस्।।
चाँहिदैन कृत्रीम राता हरिया चुरा र पोतेहरु
प्रकृतिकै हरियालीले घुम्टो ओढाई सजाइदेओस्।
आँशु नदर्कियोस् यो जीवनभर आँखाबाट
खुशीमा झरुन् बरु समयले बाजा बजाइदेओस्।।