Suvadin, Home

प्रेरक प्रसंग
भोजमा लुगालाई निम्तो?

एकपटक एक महिलाले प्रसिद्ध नाटककार जर्ज बर्नार्ड सालाई रात्रिभोजमा आमन्त्रण गरिन्। सा निकै व्यस्त थिए। तैपनि उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन्। मुस्किलले आफ्नो काम सिध्याएर हतारहतार सा ती महिलाकहाँ पुगे। उनी आएको देखेर ती महिला निकै खुसी भइन्। उनले साको स्वागत पनि गरिन्। तर, एकैछिनमा उनी खिन्न भइन्। किनकि, सा ले निकै सामान्य कपडा लगाएका थिए  उनले कामको चटारोले गर्दा लुगा फेर्न पनि भ्याएका थिएनन्।
प्रसिद्ध नाटककार जर्ज बर्नार्ड सा।

एकपटक एक महिलाले प्रसिद्ध नाटककार जर्ज बर्नार्ड सालाई रात्रिभोजमा आमन्त्रण गरिन्। सा निकै व्यस्त थिए। तैपनि उनले ती महिलाको अनुरोध अस्वीकार गर्न सकेनन्।

मुस्किलले आफ्नो काम सिध्याएर हतारहतार सा ती महिलाकहाँ पुगे। उनी आएको देखेर ती महिला निकै खुसी भइन्। उनले साको स्वागत पनि गरिन्। तर, एकैछिनमा उनी खिन्न भइन्। किनकि, सा ले निकै सामान्य कपडा लगाएका थिए  उनले कामको चटारोले गर्दा लुगा फेर्न पनि भ्याएका थिएनन्।

उनी भन्दै थिए, ‘ल आज मनग्गे खाओ मेरा लुगा हो। आजको यो निम्तो मलाई होइन, तिमीहरूलाई आएको हो।

सा को सामान्य पहिरन देखेपछि ती महिलाले गाडीमा घर गएर राम्रो कपडा बदलेर आउन अनुरोध गरिन्। सा ले पनि उनको कुरा खुरुक्क माने र घर गए। एकैछिनमा उनी निकै महँगो कपडा लगाएर भोज स्थलमा फर्किए। ती महिला पनि निकै खुसी भइन्।

एकैछिनमा भोज सुरु भयो। मानिसहरू स्वादिष्ट व्यञ्जनको स्वाद लिन थाले। सा भने भोजका परिकारहरू जम्मा गरेर आफ्ना महँगा पोसाकमा दल्न थाले। साथै, उनी भन्दै थिए, ‘ल आज मनग्गे खाओ मेरा लुगा हो। आजको यो निम्तो मलाई होइन, तिमीहरूलाई आएको हो।

त्यसैले संकोच नमानी पेटभरि खाओ।’ लुगालाई सम्बोधन गर्दै उनी आफ्ना लुगामा खाना, तरकारी, अचार, मासु, आइसक्रिम, दही सबै दल्न थाले। उनको यस्तो हर्कत देख्दा पार्टीमा आएका मानिसहरू अचम्ममा परे।

सबैले एक स्वरमा उनलाई प्रश्न गरे, ‘हैन, आखिर तपाईं यो सब किन गरिरहनुभएको छ? उनले गम्भीर हुँदै उत्तर दिए, ‘आज यहाँ मलाई होइन, मेरा लुगालाई निमन्त्रणा गरिएको हो। त्यसैले म आफ्ना यी महँगा कपडालाई भोज खुवाइरहेको छु।

सा को कुरा सुनेपछि भोज स्थलमा उपस्थित मानिसले केही बोल्न सकेनन् । उनलाई भोजमा बोलाउने ती महिलाको अनुहार त झन् हेर्नलायक देखिएको थियो। उनले जीवनमा आफूले निकै ठूलो गल्ती गरेको महसुस गरिन्। साथै, व्यक्तिको मूल्यांकन कपडाले होइन, उसको क्षमताले गर्नुपर्दो रहेछ भन्ने पनि बुझिन्।


 

More form the Internet

loading...