Suvadin, Home

फेब्रुअरी १८, २०१३
शुभ देश (भाग-१७)

मैले सुर्खेतका गोविन्द कोइरालाको मन्त्रमुग्ध गराउने भाषण र सुझाव मिस गरेछु। मैले नेपालगन्जका मुस्तफा हसन कुरैसीका शायरीहरू मिस गरेछु। मैले नेपालगन्जकै लल्लु गुप्ता चाट पसलका चाटहरू मिस गरेछु। अनि बुटवलको बँदेल, हाँसको छोयला र चुकाउनी, रोल्पाको माडीचौर र गाउँहरू बूढीमाउले पकाइदिएको मीठो भात, स्वर्गद्वारी जाँदाको हिलाम्य बाटो, हावाहुरी र टिमको चिप्लो बाटो लड्दै पढ्दै आएका हामी वाला संघर्षको साथ मिस गरेछु।

फेब्रुअरी १८
भ्रमण १२ तारिखमै सकिएन। सुगरिका ठीक भइकेकी थिइन्। म बिहान उठेर चिया खाँदै पत्रिका पढ्दै थिएँ, राजेन्द्र सरको कल आयो, ‘सनत, हाम्रो टिम पोखरामा छ। पोखरामा ठूलो कार्यक्रम गर्ने योजना छ। मिल्छ भने तिमी पनि गएर सघाऊ।’ ‘हस् सर, म एकछिनपछिकै फ्लाइटमा जान्छु’, मैले भनेँ। आखिर मैलेमात्र होइन, मेरो टिमले पनि मलाई उत्तिकै मिस गरेको रहेछ। मलाई पोखरा बोलाउन उनीहरूले ठूलै सिफारिस गरेछन्।

सुगरिकाले आँखा झिमिक्क गरुन्जेल मेरो नुहाइधुवाई, प्याकिङ सबै सकियो। उनले छक्क पर्दै भनिन्, ‘मलाई भेट्न आउँदा हजुरको मुहारमा यतिको उत्साह थिएन।’ उनले रिसाएजस्तो गर्दै मलाई सघाउन थालिन्। ‘काम बूढी काम’ भन्दै म पोखरातिर लागेँ। 

यो त ‘दबङ २’ भयो जीआरले कमेन्ट गरे ।


सिम्रिक एअरको फ्लाइटले हिमाल–पहाडको राम्रै संगतमा पोखरा पुर्यायो। विमानस्थलमा तीनजना अघिदेखि नै कुरिरहेका थिए। ब्यागेज लिएपछि म दौडिँदै उनीहरू भएको ठाउँमा पुगेँ मानौँ कुनै फिल्मको सुटिङ भइरहेको थियो। जीआरलाई अँगालेर उचालेँ उनले धेरै बेर अँगालो छोडेनन्। मेरा आँखा रसाए। सुरेशजी र प्रभात दाइको अँगालोमा पनि ज्यादै माया थियो। म ज्यादै खुसी थिएँ, ‘आई एम ब्याक टु माई टिम। आई एम ब्याक टु माई नेपाल टुर’ भनेर। नजिकैको रेस्टुरेन्टमा मोमो र फ्रेन्च फ्राइज खायौं पाँचचोटि कक्टेल सस थपेर। हामीले स्माइलका साथ क्लिक गर्याैं। मेरो फेसबुकमा स्टाटस अपडेट भयो– अटेन्डेन्स प्लिज। तुरुन्तै राजेन्द्र सरको कमेन्ट पनि आइहाल्यो– इट्स नट वन्लीः  

साथीहरू ज्यादै खुसी थिए र म पनि। यो त ‘दबङ २’ भयो जीआरले कमेन्ट गरे। सोधे ‘मैले तपाइँहरू बाहेक के के मिस गरेँ ?’ लिस्ट लामै रहेछ ।

मैले सुर्खेतका गोविन्द कोइरालाको मन्त्रमुग्ध गराउने भाषण र सुझाव मिस गरेछु। मैले नेपालगन्जका मुस्तफा हसन कुरैसीका शायरीहरू मिस गरेछु। मैले नेपालगन्जकै लल्लु गुप्ता चाट पसलका चाटहरू मिस गरेछु। अनि बुटवलको बँदेल, हाँसको छोयला र चुकाउनी, रोल्पाको माडीचौर र गाउँहरू बूढीमाउले पकाइदिएको मीठो भात, स्वर्गद्वारी जाँदाको हिलाम्य बाटो, हावाहुरी र टिमको चिप्लो बाटो लड्दै पढ्दै आएका हामी वाला संघर्षको साथ मिस गरेछु।

‘कसैले बन्दुक लिएर अगाडि बढ्नु पर्दैन, तपाइँहरू यो एउटा क्रान्ति लिएर अघि बढ्नुभएको छ । यसमा कुनै पनि प्वाइन्टमा एक्लो महसुस भएमा पछाडि फर्केर हेर्नुहोला, निर्मल श्रेष्ठलाई पाउनु हुनेछ ।’

मैले एक सर्वज्ञाता पाल्पाका निर्मल श्रेष्ठसँगको भेट मिस गरेछु। उनले भनेका रहेछन्, ‘कसैले बन्दुक लिएर अगाडि बढ्नु पर्दैन, तपाइँहरू यो एउटा क्रान्ति लिएर अघि बढ्नुभएको छ । यसमा कुनै पनि प्वाइन्टमा एक्लो महसुस भएमा पछाडि फर्केर हेर्नुहोला, निर्मल श्रेष्ठलाई पाउनु हुनेछ।’ वाह कत्रो ठूलो प्रोत्साहन! १५० भन्दा बढी शब्दकोशहरू मात्रै भएको पुस्तकालय लिएर बसेका उनले आफ्ना सबै छोराछोरीलाई सरकारी विद्यालयमै पढाएर पनि सही करियर दिएका छन्।

मैले बुटवलको हाइवे चाैकका एक पुलिस दाइलाई पनि मिस गरेछु, जसले साहित्यकारको सालिकलाई ‘राजा वीरेन्द्रको सालिक भत्काएर खै कुन लेखनदासका राखेछन’ भनेका थिए ।

 र, मैले सबैभन्दा बढी मिस सहीमा यही तीनजनालाई गरेको थिएँ। अनि यो गाडीलाई पनि। जीआर र मेरो बीच झ्याल किनारमा को बस्ने भन्ने कौटिल्य गफ फेरि सुरु भएको छ। पर्सिको ठूलो अन्तर्क्रियाका लागि हामी व्यस्त पनि छौँ। भोलि नेपाल बन्द परेकोले काम उग्र गतिमा छ। कार्डमा नाम लेख्ने र पुर्याउने काम धमाधम हुँदै थियो। साँझ परेपछि बल्ल अलि आराम गरियो। पोखरा प्याजी कलरमय भएको देखेर कसैले भन्यो, ‘एनसेल हेयर फर नेपाल होइन, नेपाल हेयर फर एनसेल जस्तो देखियो।’

 'लुगा धुनुपर्ने' –सुरेश
'सेतीको किनारमा जाने हो ?' –जीआर
'पिसाब फेरौँ ? –पीआर
हैन, ट्याक्स लाग्छ' –जीआर
यस्तै रमाइला ठट्टा कुराकानीमा साँझ बित्यो । 
पीआरले मोबाइल नयाँनयाँ हुँदा मानिसले हेलो भन्दै ल्यान्डलाइन फोन सेटनजिकै गएर कुरा गर्नेसमेत गरेको प्रसंग निकाले। धेरै रमाइलो भयो। राति बिहारी दाइकहाँ पन्जाबी खाना खाइयो। मकैको खोस्टाको पुवा जस्तो थियो खाना। एउटा स्वाद नभएको। बरु फर्कंदा एसप्रेसो हानियो अनि 'ब्राउनी विथ आइसक्रिमले' बिग्रेको मुड बनायो।


 


 

More form the Internet

loading...