Suvadin, Home

Cover Image

फेब्रुअरी १, २०१३
शुभ देश (भाग-५)

अब यतिबेला मेरो दिमागमा एउटा प्रश्न उठ्यो। मानिस व्यापार सुरु गर्दा कति राम्रो हुन्छ। सहज, सरल, बुझक्की, एकोमोडेटिभ तर जसै व्यापार बढ्न थाल्छ उसमा परिवर्तन आउँछ। ऊ विस्तारै एक्लिँदै जान्छ। मेरो मनमा आएको प्रश्न हो, कुन त्यस्तो बिन्दु हो, जसबाट उसको परिवर्तन सुरु हुन्छ? यो परिवर्तनको हेक्का उसलाई हुन्छ/हुँदैन? यो परिवर्तन उसको चाहना हो वा प्राकृतिक? 
प्रभात रिमाल र सनत न्याैपाने।

Author's Commentary

आज हाम्रा तस्बिर -प्रभु श्री सुरेश पौडेल ले फोटो खिच्नुभएन वा मैले पाउन सकिनँ, फोटोहरू नै भेटिएन।

Sanat Neupane |

फेब्रुअरी १। बिहानको ब्ल्याक टि सेवनपछि आज पनि जगिङको नाटक सुरु भयो। आजको यो नाटकमा दुई पात्र थपियौं सुरेशजी र म। विराटनगरको रत्ना होटेलबाट अलि अघिसम्मको बाटो पनि नपुग्दै सुरेशजीले यात्रा छोडे। उनले गेस्ट एपिएरेन्स मात्र दिए। तर अचम्म, म रानीसम्म दौडिएँ त्यो पनि दुइ बुढाहरूलाई उछिन्दै। स्टामिना (तागत) त रहेछ ममा। तर, यी बाघ बुढाहरू रानीबाट पनि अगाडि दौडिए। बीचैबाट फर्कंदा नहर किनारमा बसेर सोच्दै थिएँ, आकाश हेरेर दौडिँदा बढी दौडिन सकिँदो रहेछ। मलाई आकाशले हाँक दिएजस्तो लागेको थियो। अनि म त्यसलाई देखाउन दौडिरहेथें नरोकिइक नै।

जिन्दगीका अरू दौडहरूका यस्ता आकाश के हुन सक्छन्, जसले पेसमेकरको काम गरोस्। घुर्रर... मेरो सोचाइ दौडियो। नहरको उतातिर एउटा गाडी रोकियो पुलिस गस्तीको। अनि उनीहरूले चिया, पकौडा पकाइरहेकी महिलाकहाँ गएर चिया मागे। दुई जवान झ्याप्प पकौडा लिएर गाडीपछाडि गएर खान थाले। यिनीहरूले यो ट्रिटको पैसा तिर्लान् कि नतिर्लान् भन्ने मलाई लाग्यो। तर, तिर्लान्। बिचरी यो सानो पसल गरेकी महिलाको पैसा के खालान् र? अर्कै मुड लिएर होटेल फर्कें।

आज रामेश्वर सर (हजुरबुवा, जिस्कने नाम)  र राजेन्द्र सर (बुवा, जिस्कने नाम) आउने कार्यक्रम छ। 

‘श्याम पाँच मिनेटमा भात पस्की,’ विराटनगरमै घर भएकी आफ्नी दिदीलाई फोनमा प्रभात दाइले अह्राए। बुबा र हजुरबा विराटनगर ल्यान्ड गर्नै लागिसकेका थिए। हुन त श्याम दिदीलाई हामी आउने कुरा र हाम्रो इच्छित मेनुबारे प्रभात दाइले हिजै भनिसकेका थिए। तर, पनि बिचरी दिदीलाई थोरै समयमा तयारी गर्न साह्रै गाह्रो भयो होला। हामी चार जना सर्रर गयौं। नमस्ते गरेको हात तल झार्दा नझार्दै सिधै थाल, टेबुलमा आइपुगे। हाँसले हिलो खाएजस्तो गरी फटाफट खाना खायौं। मीठो मासको दाल, रायोको साग, गुन्द्रुकको झोल, चिकेन करी, काउली, आलु अनि मेरो लागि सिसीको मुलाको अचार। चुठेको हात नओभाउँदै फर्क्याैं। मलाई धेरैपछि घरको भातको न्यास्रो मेटियो। 

होटेलमा हलको चाँजोपाँजो मिलाउन थाल्यौं। यहाँका होटेलहरू पहिलाभन्दा ज्यादै स्तरीय भइसकेका रहेछन्। नयाँ होटेल मेनेजमेन्ट कलेजहरूलाई धन्यवाद, युवा आतिथ्य व्यवसायका प्रोफेसनल उत्पादन गरिदिएकोमा। 

चाँजोपाँजोको चटारोमै अल्झेका गुणराजजीलाई प्रभात दाइले सोधे, ‘तपाइँसँग प्रश्न छ भने म एउटा उत्तर भनौं ?’


चाँजोपाँजोको चटारोमै अल्झेका गुणराजजीलाई प्रभात दाइले सोधे, ‘तपाइँसँग प्रश्न छ भने म एउटा उत्तर भनौं?’ गुणराजजीले मेरो मुखमा हेरे, मैले प्रभात दाइकोमा। हामी मरीमरी हाँस्यौंं। प्रभात दाइको यो विशेषता छ। उनलाई कहिल्यै तनाव भएको मलाई थाहा छैन र उनी आफ्ना वरपरका कसैलाई पनि तनाव हुन दिँदैनन्। टिममा यस्ता एक सदस्य हुनु भनेको वरदान हो। 
विराटनगरको कार्यक्रममा हामीलाई सहयोग गर्ने खिलालाई ठूलो तनाव थियो। बा र हजुरबा पनि सामेल हुने कार्यक्रममा बोलाएजतिका मानिसहरू सामेल होलान् कि नहोलान् भन्ने। एउटा मिडिया हाउससँग काम गर्दा समाचार छापेवापत गुन्डाहरूद्वारा कुटिएका उनी निडर मिडिया हाउसको खोजीको क्रममा गुणराजजीमार्फत हामीसँग भेटिएका थिए।

अब यतिबेला मेरो दिमागमा एउटा प्रश्न उठ्यो। मानिस व्यापार सुरु गर्दा कति राम्रो हुन्छ। सहज, सरल, बुझक्की, एकोमोडेटिभ तर जसै व्यापार बढ्न थाल्छ उसमा परिवर्तन आउँछ। ऊ विस्तारै एक्लिँदै जान्छ। मेरो मनमा आएको प्रश्न हो, कुन त्यस्तो बिन्दु हो, जसबाट उसको परिवर्तन सुरु हुन्छ ? यो परिवर्तनको हेक्का उसलाई हुन्छ/हुँदैन ? यो परिवर्तन उसको चाहना हो वा प्राकृतिक ? 


अब यतिबेला मेरो दिमागमा एउटा प्रश्न उठ्यो। मानिस व्यापार सुरु गर्दा कति राम्रो हुन्छ। सहज, सरल, बुझक्की, एकोमोडेटिभ तर जसै व्यापार बढ्न थाल्छ उसमा परिवर्तन आउँछ। ऊ विस्तारै एक्लिँदै जान्छ। मेरो मनमा आएको प्रश्न हो, कुन त्यस्तो बिन्दु हो, जसबाट उसको परिवर्तन सुरु हुन्छ? यो परिवर्तनको हेक्का उसलाई हुन्छ/हुँदैन? यो परिवर्तन उसको चाहना हो वा प्राकृतिक? 

अन्तरक्रिया आरम्भ भयो। रोचक विचारहरू उठे। मानवअधिकार, राजनीतिक अधिकारमा मात्र केन्द्रित भयो कि भन्ने प्रश्न मानव अधिकारमै कार्यरत एक व्यक्तिले महसुस गर्नु मलाई रुचीपूर्ण लाग्यो। पाँच हजार रुपैयाँ नभएर मरेकी एक महिलाको दृष्टान्त त्यहाँ आयो। मैले आफैंलाई सोधेँ, ‘कति रुपैयाँ नपुगेर मर्नुचाहिँ सह्य होला? यो प्रश्नको उत्तर सायद जसलाई पर्यो उसलाई बाहेक अरूलाई थाहा हुँदैन होला।

अन्तरक्रियाकै क्रममा एक माओवादी कार्यकर्ताले भने, ‘प्रधानमन्त्री बाबुरामको सरकारलाई सुरुमा ८३ प्रतिशत राम्रो भन्ने बनाइयो, पछि त्यही सरकारलाई ८३ प्रतिशत नराम्रो भन्ने बनाइयो। यी दुबै गलत हुन्। कसरी यस्तो व्यापक हेरफेर आउन सक्छ? अर्का सहभागीको प्रश्न पनि संवेदनशील थियो। अभियुक्तलाई अपराधीको बिल्ला भिराएर छापा वा टिभीमा देखाउँदा कस्तो असर पर्छ? भन्दै उनी सोध्दै थिए। साँच्चै यस्तो गर्नु हाम्रो जस्तो देशमा राम्रो हो कि होइन? यसले सुध्रिने प्रयासको हत्या गर्ला कि गल्ती नगर्न अरूलाई सचेत बनाउला? 

एउटाले मलाई हाम्रो चेयरमेन हेलिकप्टर कम्पनीको पनि चेयरमेन भएकोले तिमीहरूको पत्रिकाको नाम ‘हेलिडेली’ हुनुपर्ने भनेको थियो।


यस्तै विचारहरूसँगै कार्यक्रम सकियो। मैले प्रभात दाइलाई सोधें, ‘बुबा कता हुनुहुन्छ?’ ‘उहाँलाई सन्चो नहुनुमा बिजी हुनुहुन्छ।’ पिआरको यो उत्तर सुनेर सुरेशजी र म हाँस्यौँ। अनि आएका मानिसहरूले प्रभात दाइलाई सोध्यासोध्यै गरेछन्, ‘पत्रिकाको नाम के हुन्छ?’ भनेर। प्रभात दाइले हामीलाई भन्दै थिए, ‘एउटाले मलाई हाम्रो चेयरमेन हेलिकप्टर कम्पनीको पनि चेयरमेन भएकोले तिमीहरूको पत्रिकाको नाम ‘हेलिडेली’ हुनुपर्ने भनेको थियो। झन्डै ‘हेलीडेली’ भनिदिएको।’ हामी हाँस्यौँ। 

रामेश्वर सरलाई त्यही कार्यक्रममा सहभागी एक डिएसपीले भने, ‘हजुरले नै मेरो ज्यान बचाइदिनुभएको हो। मेरो त के थियो र?’ त्यसो भन्दै उनले चम्चाले आँखामा ट्वाङट्वाङ बजाउन थाले। २१ गोली अझै शरीरमै बोकी हिँडेका उनलाई द्वन्द्वकालमा रामेश्वर सरले भालुवाङबाट उद्धार गरेका रहेछन्। कस्तो संजोग उक्त घटना डिएसपीले बयान गरिरहँदा मैले रामेश्वर सरको आँखामा हेरिरहेँ। खुसीले उनको अनुहार भरिएको थियो, ‘मैले बचाएँछु’ भन्नेमा होइन ‘तिमी बाँचेछौं’ भन्नेमा। द्वन्द्वकालमा कुनै विदेशीले उडाउन नमानेपछि विशेष सिप चाहिने हेलिकप्टर उडाउन रामेश्वर सर तत्पर भएका थिए। सायद नेपाली सेना र प्रहरीले उनलाई बिर्संदैन होला। 

कार्यक्रमपछि बुबा र हजुरबुबा काठमाडौं फर्के अनि हामी लाग्यौं तरहराको सेकुवा खान। आहा क्या मीठो सेकुवा, भटमास, चिउरा अनि रातो र हरियो अचार। कुनै सन्दर्भमा प्रभात दाइले भने, ‘म त जोकोहीसँग पनि इन्जोय गर्न सक्छु।’ म झस्किएँ। ओहो मचाहिँ सक्छु कि सक्दिन होला? जोसँग पनि रमाउन सक्नु राम्रो हो वा होइन? म सोच्न थालेँ। तर मलाई के पनि लाग्यो भने जोसँग पनि रमाउने मानिसलाई अरूले कति रुचाउलान्? सबै मानिसलाई त्यस्तो कमन मानिस मन पर्ला?

प्रभात दाइ भन्दै थिए, ‘बुद्धिजीवीलाई फलो गर्नु वा मन मात्र पराउनु पनि कुनै रूपमा मानसिक दासत्व स्वीकार्नु हो।


प्रभात दाइ भन्दै थिए, ‘बुद्धिजीवीलाई फलो गर्नु वा मन मात्र पराउनु पनि कुनै रूपमा मानसिक दासत्व स्वीकार्नु हो।’ उनको यो कुरामा गहिराइ थियो। 

दासत्व शब्दले राजाहरूलाई सम्झायो। कुरै कुरामा मैले थाहा पाएँ, शाह राजाहरूलाई श्री ५ के कारणले भनिएको रहेछ भने उनीहरूबाहेक मुस्ताङ, बझाङ, जाजरकोट र सल्यानमा चार राजाहरू रहेछन् त्यतिबेला। 

मैले आजदेखि ट्वीट सुरु गरेँ। एकाउन्ट पहिलेदेखि नै बनाइसकेको थिएँ तर गुणराजजीले प्रेरित गरेर चलाइरहन मनलाग्ने गराइदिए। जय ट्वीट जय सोसल मिडिया। 

हामी फर्कंदै गर्दा सुरेशजीले दुहबीदेखि विराटनगरसम्म छरिएका फ्याक्ट्रीहरू हेर्दै भने, ‘मलाई यी फ्याक्ट्रीहरूको कारिगरी असाध्यै मनपर्छ। सानैदेखि ड्राइङमा फ्याक्ट्री भन्नेबित्तिकै भर्याङजस्ता छाना देख्दै आएकोले यस्ताखाले छाना देख्नेबित्तिकै यो कारखाना हो, यहाँ यो उत्पादन हुन्छ र यो उत्पादन कैयन् उपभोक्ताकहाँ पुग्छ भन्ने कल्पनाले मलाई रमाइलो गराउँछ।’ भावमा डुबिरहेका सुरेशजीलाई पिआरलएले सोझै झारिदिए, ‘हो खुब, बरु कारखानाको डकुमेन्ट्री बनाउन पाइन्छ कि भन्ने लोभचाहिँ लाग्ने होला।’ हामी फेरि हाँस्यौं। 

फर्केर एकछिन महेन्द्र चोकमा पान खायौं। होटेल गई एकछिन कफी गफ भयो। आज सुत्ने बेलामा फोनमा पारिवारिक कुरा भयो। ज्यादै नरमाइलो लाग्यो। म पनि घरलाई ज्यादै मिस गरिरहेको छु। 

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

शुभ देश (भाग-३)


 

More form the Internet

loading...