Suvadin, Home

Cover Image

फेब्रुअरी ३, २०१३
शुभ देश (भाग-७ )

लाइफ यहाँ चाहिनेजति मात्र व्यस्त छ। सबै सफा र सुकिला छन्। ठाउँ सफा सुकिलो छ। हरेक स्टेपमा केही सहयोग गरौँ कि? खाले प्रश्न छ। अाहा! क्या रमाइलो इलाम.. ! मानिसले त्यत्तिकै गीत र कवितामा इलामको प्रशंसा गरेका होइन रहेछन्। 

३ फेब्रुअरी

ठण्डा मतलब कोकाकोलाजस्तो चिसो। काठमाडौंमा चिसो खानुपरेन तर यहाँ आएर खानुपर्यो। बिहान प्रभात दाइको गनगनले निद्रा खुल्यो। ‘बूढा मोजा लगाउन चाहिँ अल्छी मान्ने अनि सिरकबाहिर खुट्टा राखेर चिसो भयो भन्ने?,’ प्रभात दाइको यस्तो हल्ला हाम्रो यात्राको आकर्षण बन्यो। 

जिआरएललाई त्यति सन्चो भएन। हामीले संखुवासभाको योजना रद्द गर्यौं। हामी बजारतिर लाग्यौं। सुखी हुन कि सुँगुर हुनुपर्छ कि सुकरात भन्ने उद्धरणका साथ हामी अगाडि बढ्यौँ। मेरो मनमा प्रश्न उठिरह्यो, ‘म को हुँ त?’

खानेकुराको कुरा गर्दा थाहा भयो– घ्राणशक्ति भनेको सुँघ्ने शक्ति रहेछ अनि जठराग्नी भनेको पचाउन सक्ने शक्ति रहेछ। जिआरएलका अनुसार ममा दुबै शक्ति राम्रो छ। सामान्य ज्ञानकै क्रममा सुरेशजीले थपे, ‘हाँसको क्वाकक्वाकको इको आउँदैन रे।’ मैले फेरि सम्झेँ, ‘धन्य प्रकृति...।’

अनि हामी इलामको मुख्य चोकमा बसेर नेपाल सम्झन थाल्यौं। झइझुइती चार इन्जिनजडित ल्यान्डरोभर बडी भएका गाडीहरू गुडिरहेका छन्। बीचको रमाइलो डबलीमा एक वृद्ध जोडी सल्लाह गरिरहेका छन्। साह्रै सफा छ। कहीँकतै प्लास्टिक फालिएको समेत देखिन्न। मीठो घामको पृष्ठभूमिमा त्यो ठाउँ हेर्दा मलाई सुरेशजीको डेनमार्कको मेन स्क्वायरभन्दा कम पटक्कै अनुभव भएन।

लाइफ यहाँ चाहिनेजति मात्र व्यस्त छ। सबै सफा र सुकिला छन्। ठाउँ सफा सुकिलो छ। हरेक स्टेपमा केही सहयोग गरौँ कि? खाले प्रश्न छ। अहा, क्या रमाइलो इलाम.. ! मानिसले त्यतिकै गीत र कवितामा इलामको प्रशंसा गरेका होइन रहेछन्। 

लाइफ यहाँ चाहिनेजति मात्र व्यस्त छ। सबै सफा र सुकिला छन्। ठाउँ सफा सुकिलो छ। हरेक स्टेपमा केही सहयोग गरौँ कि? खाले प्रश्न छ। अाहा, क्या रमाइलो इलाम.. ! मानिसले त्यतिकै गीत र कवितामा इलामको प्रशंसा गरेका होइन रहेछन्। 

इलामको बयान सानैदेखि धेरैपटक सुनेको थिएँ। नेपालमै पहिलो झुल्के घाम हेर्न पाइने श्रीअन्तु डाँडाको चर्चा साथीहरु गरिरहन्थे। यम बरालले गाएको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ गीत होस् या भीष्म उप्रेतीको नियात्रामा बयान गरिएको इलामको साैन्दर्य नै किन नहोस्, चियाबारीका चर्चाहरु सुनिएकै हो। तर, इलामलाई पढेर र सुनेर हैन, आफैंले छामेर मात्र त्यसको असली साैन्दर्यपान गर्न सकिन्छ।  

पहाडकी रानी नगदेवालीको खानी। इलाम, बिब्ल्याँटे, फिक्कल, पशुपतिनगर, नयाँ बजार, मंगलबारे, देउराली इलामका मुख्य बजार। यो सुखी जिल्ला यस कारण की यहाँ ‘७ अ’को बरदान छ। अलैंची, अदुवा, अकबरे खुर्सानी, अर्थोडक्स चिया, आलु, अम्लिसो र ओलन (दुध)। 

झन् अब त यो बजार ग्रीन सिटीको रूपमा विकास हुँदैछ । हरियो रङका घरहरू, हरियै चालढाल अनि हरियै मष्तिस्कको इलामले कस्तो उचाइ लेला ? 

वि.सं. १९७६ मा भारतको सिक्किमबाट भित्रिएको अलैंची र अदुवाको खेती इलामका सबै गाविसमा हुन्छ। अदुवाको त झन विचित्रको विज्ञान छ। एक वर्षमा दुईपटक आम्दानी गर्न सकिने। जेठदेखि असारको अन्तिम सातासम्म र दोस्रो आम्दानी मंसिर, पुसदेखी माघ अन्तिमसम्म। 

अकबरे खुर्सानीको कुरै नगरौं। औषधीय गुण भएको यो खुर्सानीले ग्याष्ट्रिक र डाइविटिज नै निको पार्ने कुरा सुनियो। जिर्मले, लक्ष्मीपुर, पञ्चकन्या, कोल्बुङ, कन्याम, फिक्कल, सोयाङ, नाम्सालिङ र गोदक गाविसमा खेती हुने अकबरे खुर्सानी विदेशसम्म पुग्छ। इलामको अर्थोडोक्स चियाले त विश्व बजारमै धूम मच्चाएको छ। जर्मनी, जापान, अरबियन मुलुक र अमेरिकामा समेत यसको निर्यात हुन्छ। आलुको स्वाद बेग्लै छ। बिट्टे, झयाले, कुफ्री, सिन्दुरी, टिपीएसलगायतका जातका आलुको खेती। हिउँद र वर्षा दुबैमा हुने। कुचो, घाँस र दाउराका लागि अम्लिसो खेतीको अर्को आयाम। रोचक त के भने धुलाबारीमा प्यार्किङ गरी कुचोलाई मलेसियासम्म निर्यात गरिन्छ भन्ने सुन्दा खुसी लाग्यो। दुध उत्पादनमा पनि इलाम पूर्वकै प्रमुख मानिन्छ।  

झन् अब त यो बजार ग्रीन सिटीको रूपमा विकास हुँदैछ। हरियो रङका घरहरू, हरियै चालढाल अनि हरियै मष्तिस्कको इलामले कस्तो उचाइ लेला? 

चोकको डबलीमा बसेका ५०–५५ वर्षका गहुँगोरो, ढाकाटोपी, मयलपोस सुरुवाल र कोट लगाएका एक व्यक्तिमा हाम्रा आँखा गाडीको झ्यालको कुनै एक एङ्गलबाट पुगे। उनी एकोहोरो कतै हेरिरहेका थिए सायद केही खोजिरहेका थिए वा कुनै योजना बनाइरहेका थिए। मलाई किन किन उनी एउटा नेपाली बाउको प्रतिनिधिजस्तो लाग्यो। एउटा बाउ जसलाई जिम्मेवारी छ अनि त्यो जिम्मेवारी उनी आफैँ उठाउन चाहन्छन्। ‘सुरेशजी, कृपया ती बूढाको फोटो उनलाई थाहा नहुने गरी खिचिदिनुस्न’, सुरेशजीले धेरै नाटक गरेर इनडाइरेक्टली उनको फोटो खिचे। चिउँडोमा हात लगाएर बसेका ती बूढाको त्यो तस्बिर मेरा आँखामा अहिले पनि ताजा बनेर बसिरहेको छ। 

गाउँबजार कति रमाइलो? हामी पशुपतिनगर जान लाग्यौं। जिआरएलले भैरव अर्यालको कुनै पाठको उद्धरण ‘सेवामा गाउँफर्क साहित्यमा मधुपर्क' को कुरा निकाले। साँच्चै त्यतिबेला मधुपर्कमा लेख छापिनु भनेको उक्त व्यक्तिको साहित्यिक प्रोफिसिएन्सीको सर्टिफिकेसन हुन्थ्यो। लेख साहित्यको बहसमा बायोग्राफीको कुरा छिर्यो। बायोग्राफीमा प्रायः उक्त व्यक्तिको नेगेटिभ पक्ष पाइँदैन। ‘बायोग्राफी भनेको गान्धीको पढ्नुपर्छ,’ जिआरएलले भने। 

इलामका सोमनाथ सुसेलीले जिआरएललाई ‘०५३–५४ मा देख्दा जस्तो देखिनुहुन्थ्यो, अहिले पनि उस्तै हुनुहुन्छ’ भनिदिएछन्। उनको नाक घिरौंला जत्रै भयो। आखिर बुढो हुने रहर कसलाई पो हुन्छ, एकैछिन भए पनि ऐना नभएको मौका छोपेर उनी गमक्क फुले, उनको औसत उचाई अग्लियो र अलि पाका सम्पादक देखिए।

चोकबाट हामी पशुपतिनगरतिर लाग्यौं। उही रमाइला दृश्य, उही सरप्लस इकोनोमीका उदाहरण अनि हाम्रा जिआरएलले ‘म पनि साहित्यमा रुचिकै कारण विस्तारै पत्रकारितामा छिरेँभन्दा मैले सोधेँ, ‘अनि तपाइँको उपनाम चाहिँ थिएन त?’ ‘पहिला–पहिला प्रायः साहित्यकारका उपनाम हुने मैले देखेको थिएँ,’ अलिअलि मस्किँदै जिआरएलले भने। उपनाम किन हुन्थ्यो भनी खोतल्दा पहिले–पहिले प्रायः पत्रकार साहित्यिक पृष्ठभूमिबाटै आउने भएकोले पत्रकारितामा पनि उपनाम घुसेको हुनसक्ने र क्रूर पञ्चायतविरुद्ध कलम चलाउन पनि सजिलो भएको हुनसक्ने तर्कहरू हामीले निकाल्यौं।

तर, कमसेकम सिकार गरेर अरूको प्राण हर्नुभन्दा त यस्तै सौख भएको धेरै राम्रो। 

आज बिहान भेटिएका मानिसमध्ये एक जनाले जिआरएललाई भनेछन्, ‘सहरभन्दा गाउँ नै रमाइलो छ।’ अब यो रमाइलोको कति वटा अर्थ हुनसक्छ भनेर म सोच्दै थिएँ। सुरेशजीले उपनामको सन्दर्भ लम्ब्याउँदै पत्रमित्रता, हुलाक टिकट कलेक्सन आदिका रहर सम्झिएँ। मैले पनि एउटा कम्पनीको सिइओको मानिसहरूको झरेको रौँको संग्रहको सौख रहेको थाहा पाएको थिएँ। जिआरएलले एअरलाइन्सको भमिट ब्याग कलेक्सनको सौख भएका व्यक्तिका बारेमा पढेका रहेछन्। हरेक मानिस अचम्मलाग्दा र फरक स्वभावका। उनीहरूको सौख झन् अचम्मलाग्दो। तर, कमसेकम सिकार गरेर अरूको प्राण हर्नुभन्दा त यस्तै सौख भएको धेरै राम्रो। 

हाम्रो पिकअप अगाडि बढ्दै छ र प्रत्येक पल हामी एकअर्काका नजिक हुँदैछौं। सुरुमा आआफ्नो नाम बोकेर हिँडेका हामी अहिले कति घनिष्ट भइसक्यौँ। हामीबीच कत्रो घनिष्टता छ। प्रभात दाइलाई धन्यवाद, यो यात्रामा हामीलाई छिट्टै नजिक ल्याउने उनी नै हुन्। टिममा एउटा ग्रिजिङ एजेन्ट भयो भने गतिले ल्याएको फ्रिक्सन पनि सजिलै पार्क हुने रै’छ। 

मान्छे सजिलो हुनुपर्छ, अगाडि भइन्छ भन्ने शिक्षा मेरो लागि पनि उपयोगी भयो। 

जिआरएललाई रुघाखोकी र सायद ज्वरो पनि आएको छ। तैपनि उनी बिल कोबाच टम रोसानसेलले लेखेको ‘एलिमेन्ट्स अफ जर्नलिज्म’ भन्ने पुस्तकलाई ‘पत्रकारिताको गीता’ भन्न पछि परेका छैनन्। जिआरएल यस यात्रामा करिब-करिब वृहस्पति नै हुन्। हामी सबैले उनीबाट सिकेका छौं सूचना, नाम, धारणा अनि फेनोमेनन।

सुरेशजीले भाउजूलाई फोन गरे। भाउजूले फोन उठाएर ‘म अहिले बिजी छु, पछि गर्छु’ भनी फोन राखिदिनुभयो। ‘वाइफहरूको पनि आजभोलि बबाल व्यापार–व्यवसाय छ बा!,’ सुरेशजी अलि रिसाएजस्तो स्वरमा उचालिए तर तुरुन्तै तल झरिहाले। ‘बिजी बूढी हुनु पनि राम्रै कुरा हो डिस्टर्ब गर्दैनन्,’ टुरको प्वाइन्ट टिप्दै मैले भनें, ‘ल पख्नुस्, अब यो कुरा पुस्तकमा आउँछ।’

‘प्लिज नहालिदिनुस्,’ उनले साह्रै न्यानो अनुरोध गरे। ‘सुरेशजीले आफ्नी छोरी र बूढीलाई साह्रै मिस गर्नु भाछ,’ जिआरएलले घ्यू थपे।

‘तर, सनतजीले जति होइन,’ सुरेशजीले लहरो मतिर पन्छाए। ‘आफ्नी बूढी त फोन गर्यो कि किन फोन गर्या भन्छे,’ प्रभात दाइले थपे। मैले जस्तो सबैको अगाडि मायालु कल नगरे पनि सुरेशजीले गरेको जस्तो लजालु कल होस् वा प्रभात दाइको जस्तो तँ तँ र म म होस् वा गुणराज सरको जस्तो रहस्यमय कल होस्, बूढाहरू सबैले आफ्नो परिवारलाई खुब माया गर्छन् र मिस पनि गरिरहेका छन्।

लौ आज १२ गते रहेछ। मैले त दिन, गते सबै बिर्सिएँछु। जिआरएल नभइदिएका भए हामी बार, गते थाहा नपाई रबिन्सन क्रुसो भई हिँडिरहने रहेछौं। हुन पनि मिसनमा हिँड्दा आफ्नो छुट्टै क्यालेन्डर हुँदो रहेछ। प्रोजेक्ट सुरु गरेको दिनदेखिको क्यालेन्डर जसमा दिन, गते र बार हुँदो रहेनछ। खाली डे वान, डे टु, डे थ्री...। यस्तै–यस्तै।

तर, सोचाइको गरिबीमा सोचाइ विचारको फन्ड भित्रियो भने भ्रष्टाचार चाहिँ नहोला। 

‘पुअर पिपुल आर बोन्साई पिपुल,’ जिआरएलले मोहम्मद युनुसको कथन सम्झाए। हामी त्यो कथनको भावमा डुब्यौं। साँच्चै गरिबहरूका सपनालाई बोन्साई गरिने विरुवाको हाँगा काटेजसरी नै काटेर रिसोर्सको अभाव गराई गरिब नै हुन बाध्य तुल्याइन्छ। तर समय फेरिएको छ कि मेरो मनमा ग्लोबल अप्टिमिज्म पलायो। अब विश्व गरिबी संग्रहालय खोलिदिनुपर्नेछ होला। हाम्रा अर्का पुस्तालाई गरिबी चिनाउन गरिबी के हो? यो सापेक्ष हुन्छ कि निरपेक्ष? सापेक्ष रहने हो भने त विश्वमा सँधैं गरिब रहिरहने भए। गरिबीको परिभाषालाई नयाँ अपेक्षासँगै परिवर्तन गर्नु पनि सायद बोन्जाई एप्रोच नै हो। बरु अबको गरिबी भनेको सोचाइको गरिबी हुनेछ। के हामी त्यसमा पनि कम विकसित मुलुक हुन्छौं होला? अनि गुगल, ओबामाहरूले हामीलाई सोचका ऋण, अनुदान दिन्छन् होला? पक्कै नहोला। तर, सोचाइको गरिबीमा सोचाइ विचारको फन्ड भित्रियो भने भ्रष्टाचारचाहिँ नहोला। 

फिक्कल आइपुग्यौं। इलामलाई देब्रे पृष्ठभूमिमा राखेर हामी पशुपतिनगरतिर लाग्यौं। करफोकमा स्थानीय किबी फल खान खोजेका थियौं, तर पाइएन। हिजो केदारजीले सतर्क गराएका थिए। स्थानीय ठाउँमा स्थानीय उत्पादन, स्थानीय नै उपभोग। यस्तो पाउन गाह्रो र तुलनात्मकरुपमा महंगो। 

जाँदाजाँदै हल्का पानी पर्यो। सुरुका थोपा–थोपा वर्षाले विन्डस्क्रिन हिर्काएको दृश्य अति राम्रो देखियो। सुरेशजीले तुरुन्तै क्यामरामा कैद गरे। पानीका थोपाले हामीलाई गाडी बाहिर निस्केर भिज्न बोलाएजस्तो। तुरुन्तै रेनबो देखियो। त्यो गह्रुँगो हावा, त्यो हरियो, अनि इन्द्रधनुष। यी सबै देखेर हामी प्रसन्न भयौं। 

ठूलो उकालोमा एउटा रेस्टुराँको एड देखें, ‘बडी से नो, माइन्ड से गो।’

‘नेसनल लिडरसिप...,’ हामीले निश्कर्ष निकाल्यौं। नेसनल लिडरसिपले पनि देशका व्यक्ति र उनीहरूको इनर्जीमा प्रभाव पार्छ। 

बोर्डर पुगियो। पारि केहीबेर रुमल्लियौं। मैले त्यो ठाउँमा पनि नेपालकै सुगन्ध पाएँ। किराना पसलमा पाइने सामान र गाडीका नम्बर प्लेटबाहेक अरू खासै फरक भेटिएन। राष्ट्रियतालाई पुनर्परिभाषित गरिदिन मन लाग्यो। 

तर, एउटा कुरा प्रभात दाइ र जिआरएलले पनि नोट गरेका रहेछन्। बोर्डरपारिका अलि एक्स्ट्रा जाँगरिला र भाइब्रेन्ट..., यो कसरी?

‘नेसनल लिडरसिप...,’ हामीले निष्कर्ष निकाल्यौं। नेसनल लिडरसिपले पनि देशका व्यक्ति र उनीहरूको इनर्जीमा प्रभाव पार्छ। 

हाम्रो देश अविरल बग्ने नदी हुनुको साटो बहुसंख्यक घोडाहरूको रथ बनेको छ। यी घोडामध्ये जुन घोडा कम दौडिन्छ त्यसैले यो देशको गति सीमित गरेको छ।

हाम्रो देश अविरल बग्ने नदी हुनुको साटो बहुसंख्यक घोडाहरूको रथ बनेको छ। यी घोडामध्ये जुन घोडा कम दौडिन्छ त्यसैले यो देशको गति सीमित गरेको छ। 

फर्केर फेरि फिक्कल आएर थुुक्पा र तोङ्बा खाइयो। कस्तो चिसो? जिआरएललाई धेरै नै सन्चो भएन। उनी गाडीमा आएर आराम गरे हामीले खाजा खाउन्जेल। 

फिक्कलको चौडा चिया बगानमा मैले आफ्ना आगामी योजनाहरुको काउकुती आफैंमा लगाएँ र हामी काँकडभिट्टातर्फ लाग्यौं। प्रभात दाइ गीत गाउन थाले, ‘हुँ यात्री एउटा रुमल्लिई हिँड्ने पहाडी।’ म सम्झनालाई रिभर्स गरिरहेको थिएँ। यो यात्राको एउटा शृंखला सकिएको थियो। केहीबेर अघिको उकालो अब ओरालो बनिरहेको थियो। 

कति एब्सट्र्याक्ट एक्सप्रेसन थियो त्यो। सन्न्यास र मनोरञ्जनको एउटा मेनिफेस्टसन।

काँकडभिट्टा पुगियो तर जिआरएल थलिए। उनलाई एक होटेलमा आराम गर्न छोडेर प्रभात दाइ, सुरेश, म र राजु बाहुनडाँगीतर्फ लाग्यौं।

‘सर, केही किलोमिटर विकट छ दक्षिण झापा। ‘झापाको कर्णाली हो दक्षिण झापा,’ राजुले भन्यो। हामी हात्ती आतंक पीडितहरूको सहयोगार्थ आयोजना गरिएको एउटा मेला हेर्न जाँदै थियौँ। यो ठाउँमा रातिराति हात्तीको बथान आएर घर भत्काउने, बाली फाँड्ने गर्दो रहेछ। धेरै उपाय अपनाइएको रहेछ हात्ती धपाउन। हात्तीको बाटोमा खाल्डो खन्ने, बार लगाउने आदि। तर, ती यायावर हात्ती बथानलाई के नै असर पार्थ्यो र? हात्ती आएको थाहा पाएपछि थाल ठटाएर, खुर्सानीको धुलो सुँडमा पार्ने उपाय अपनाएर, पटाका पड्काएर हात्ती भगाउने प्रयास स्थानीयबाट भएको रहेछ। हामी भेन्युमा पुग्यौं। लामो फ्लेक्समा प्रिन्ट गरेर नाम र सम्पर्क नम्बर लेख्ने इनोभेटिभ भिजिटर रजिस्ट्रेसन सिस्टम रहेछ। राम्रो लाग्यो। मेलामा हामी कहाँ चुक्थ्यौं र? आइसक्रिम र आलुटिकिया चाट खायौं। आइसक्रिम खुब मीठो लागेर बारको खोलमा हेरेको त मेड इन इन्डिया पो रहेछ।

धेरैजना धेरैथरीमा रमाइरहेका थिए। मेरा आँखामा रोटेपिङमा रमाइरहेका सेता लुगा लगाएका ब्रह्मकुमारीका माताहरू परे। उनीहरू अप्ठ्यारो पनि मानिरहेका थिए तर रमाइरहेका पनि थिए। उनीहरूका मुहारमा देखिएको त्यो अजब एक्प्रेसनले मलाई मोनालिसाको मुस्कान सम्झायो अनि मैले सुरेशजीलाई क्लिकका लागि अनुरोध गरें, उनले गरिदिए। कति एब्सट्र्याक्ट एक्सप्रेसन थियो त्यो। सन्न्यास र मनोरञ्जनको एउटा मेनिफेस्टसन।

‘हात्ती मानिसको बाटोमा होइन, मानिस हात्तीको बाटोमा आएको हो सर,’ उनले भने।

 

मेलामा हात्ती र हात्ती आतंकसम्बन्धी एउटा फोटो प्रदर्शनी पनि थियो। हामी त्यहाँ हिँड्यौं। खुंखार युवा फोटोग्राफर कृष्ण सञ्जालीका प्रशंसनीय फोटाहरू हेरियो। रोयटर्स र एपीमा आफ्ना फोटाहरू छापिँदासमेत इन्डोर्समेन्ट नपाएका उनी तैपनि खुसी देखिन्थे। कलाकारहरूको यो पनको म ज्यादै सम्मान गर्छु। अरू प्रोफेसनमा भन्दा कलामा रिकग्निसनको भोक कम हुन्छ। मैले कृष्णजीलाई सोधें, ‘अनि हात्ती किन मानिसको बाटोमा आएको?’ 

‘हात्ती मानिसको बाटोमा होइन, मानिस हात्तीको बाटोमा आएको हो सर,’ उनले भने।  उनको यो भनाइमा धेरै गहिराइ भेटिन्थ्यो। हुन पनि जनावरलाई के को भिसा? भारतको जंगलबीचको नदी अनि यो नेपालको झापा भन्ने उसलाई के ज्ञान होला र? उसलाई के थाहा जंगल मात्र उसको, जंगलबाहेकको पृथ्वी मान्छेको भनेर। म सोचिरहें, उता पनि जंगलमा हात्तीको मिटिङ हुँदो हो, खाल्डोमा परेका, सुँडमा खुर्सानीको इन्फेक्सन भएका, काँडे तारले घाइते हात्तीहरूको सहयोगार्थ मेला हुँदो हो, गुनासाका कथाहरू हुँदा हुन्।

त्यसैले एउटा अन्तर्राष्ट्रिय मालपोत कार्यालय बन्नुपर्छ र जनावरहरूलाई पनि जंगलको लालपुर्जा बनाएर दिनुपर्छ ।

 

मलाई एउटा उपाय आयो, यो पृथ्वी मान्छेको मात्र होइन। मान्छेलाई मान्छेकै धेरै माया लाग्छ, जुन स्वाभाविक हो। त्यसैले एउटा अन्तर्राष्ट्रिय मालपोत कार्यालय बन्नुपर्छ र जनावरहरूलाई पनि जंगलको लालपुर्जा बनाएर दिनुपर्छ। नत्र मानवले यिनीहरूको बिर्ता मासिरहेका छन्, यिनको बाटोमा हिँडिरहेका छन्। 

‘खोइ, मेरो सुपरम्यान?,’ सुगरिकाको एसएमएस आयो। ‘म हात्ती आतंक क्षेत्रको भइदिएकी भए तिमी मसँग बिहे गर्थ्याै?,’ मैले रिप्लाइ गरेंँ। उनको अर्को एसएमएस आयो र तुरुन्तै कल पनि।

आत्तिएर फोन गरेकी उनलाई मैले बाहुनडाँगीका कथाहरू सुनाएँ। उनले पनि पहिल्यै सुनेकी रहिछन्। हुन पनि हात्ती आतंकले गर्दा यहाँका घरहरूमा विवाहका लागि छोरी दिन पनि अप्ठ्यारो मान्दा रहेछन्।

काँकडभिट्टा फर्केर एउटा नयाँ खुलेको अनि उद्घाटन पनि नभएको रेस्टुराँमा खुबै मीठो लोकल कुखुरा खाइयो। होटल फर्कियौं। हामी बसेको होटेलमा मिनी–क्यासिनो पनि रहेछ। धेरै भारतीय जुवा खेल्न आउँदा रहेछन्। यस्तै मिनी– क्यासिनो विराटनगरमा पनि थियो। अब जंगलको काठ तस्करी गर्न सघाउनेहरूले नै जुवा पर्यटन पनि फैलाउने जिम्मा पाएछन् भन्नेजस्तो लाग्यो। यस्ता कुरामा नेपाली भिजिनरी नेताहरूलाई मान्नैपर्छ। जुवा क्रान्तिमा केही नेपालीले घरबारै गुमाउनुलाई पनि साधारण मान्लान् उनीहरू। 

जिआरएललाई धरै ज्वरो आएछ। मलाई ज्वरो आएपछि खुब खान मन लाग्छ भन्ने उनले दिउँसोदेखि केही खाएका थिएनन्। मैले सुप मगाएर खान दिएँ। ज्वरोमा पनि ट्वीट गरिरहने यी ट्विटे बाबासँग केहीबेर साथी बसियो। 

प्रभात दाइ आफ्नो एक्स्ट्रा पिआर एक्सरसाइज सकाएर आइपुगे। हामी आफ्नो कोठामा गएर सुत्यौँ। 


 

More form the Internet

loading...