Suvadin, Home

जनवरी ३०, २०१३
शुभ देश (भाग-३)

प्रभात दाइ बिहानै कुनै अंग्रेजी गीतमा रमाएर खुट्टा हल्लाइरहेका थिए। बिहानको करिब ५ बजे ..., ‘ब्रो ब्ल्याक टि खाने ?’ उनले सोधे। मलाई डिस्टर्ब त भइरहेको थियो। तर, ब्ल्याक टि को लोभले मलाई तान्यो। सायद उनले मलाई लोभ्याएका थिए। सफल भए। अब सुरु भो यो टुरको अर्को महानाटक। गुणराजजी र प्रभात दाइको जगिङ। अफकोर्स आज चाहि जगिङ भो। मेरो विचारमा २ गुणा २ किमि, उनीहरूको दाबीअनुसार २ गुणा ४ किलोमिटर। 

जनवरी ३०,

प्रभात दाइ बिहानै कुनै अंग्रेजी गीतमा रमाएर खुट्टा हल्लाइरहेका थिए। बिहानको करिब ५ बजे ..., ‘ब्रो ब्ल्याक टि खाने ?’ उनले सोधे। मलाई डिस्टर्ब त भइरहेको थियो। तर, ब्ल्याक टि को लोभले मलाई तान्यो। सायद उनले मलाई लोभ्याएका थिए। सफल भए। अब सुरु भो यो टुरको अर्को महानाटक। गुणराजजी र प्रभात दाइको जगिङ। अफकोर्स आज चाहि जगिङ भो। मेरो विचारमा २ गुणा २ किमि, उनीहरूको दाबीअनुसार २ गुणा ४ किलोमिटर।

फ्रेस भएर हामी ब्रेकफास्ट गर्ने सुरमा लाग्यौं। रिक्सा चढ्यौं। काठमाडौंकाले ‘वाउ रिक्सा’ भन्नु नाटकमात्र हो। कमसेकम हाम्रो पुस्ताका लागि रिक्सा ‘वाउ’ होइन। हामी सामान्य भएर चढ्यौं। सानु हिजो प्रहरी कार्यालयमै सुतेको थियो। थुन्दिएर होटेल गए भन्ठाने छ कि क्या हो, आत्तिएको अनुहार लिएर आएको थियो। 

पुरी र ताजा जेरी  साह्रै मीठो थियो। चनाको दाल र आलुको तरकारीसमेत खाइयो। दाल, आलुको तरकारी भन्यो भने मेरी आमा छक्क पर्छिन् होला। हरेक ठाउँको आफ्नै विशेषता छ खानामा र कति धेरै अरू कुरामा। अनि वीरगन्जको घन्टाघर तुषारोमा लुके जस्तो गर्यो। गुणराजजीले खिचिक्कै पारेर ट्वीट गरिहाले। त्यो ट्वीट कति रिट्वीट भयो, प्रतिक्रिया र फोन कति आए कुरै नगरौं। 

होटेल फर्केर अन्तक्रियाको तयारी गर्याैं। सहभागी कुर्दै गर्दा गुणराजजीले मलाई भने, ‘तपाईंलाई थाहा छ? एक अनुमानअनुसार संसारको अन्तिम अखबार सन् २०४० मा छापिनेछ।’ म एकछिन छक्क परें। अचेल धेरैजसो व्यक्ति अखबार पनि इन्टरनेटमै पढ्न रुचाउँछन्। अबको २७ वर्षपछिको संसार धेरै फरक होला नि। 

कपी अन्तिम होलान्, प्रिन्टर अन्तिम होलान्, विवाह अन्तिम होलान्, भिसा अन्तिम होलान्, गैंडा अन्तिम होलान्... । अनि कति वर्षपछि मानव जाति नै अन्तिम होला। विकास र प्रकृतिलाई म कहिल्यै कम आँक्दिन।  

चन्द्रकिशोरले थपे, ‘अझ ओपेड पृष्ठ त पार्टीे सूचनापाटीका रूपमा कब्जा हुन लागिसक्यो।’

हरेक कुरालाई हेर्ने कोण रहेछ। अघि सुरेशजीले त्यो पुरी पसलेलाई एउटा क्लोजअप एंगलबाट कति राम्रो निकालिदिएका। लाग्थ्यो, ऊ ताजमहल मुम्बईको थिमाटिक फेस्टिबलको सेफ हो। तर, कोणलेमात्र के पुग्थ्यो र? लेन्स पनि त राम्रो चाहियो। हाम्रो जीवनको कोण हाम्रो एटिट्युड हो भने लेन्सचाहिँ के होला?

अब अन्तरक्रिया सुरू भयो। जीवनका अनेक धाराका व्यक्ति उपस्थिति थिए। चन्द्रकिशोर झा (पत्रकार) जी ले बोल्छु भने ‘प्लिज’ हामीले भन्यौं अनि उनले प्रश्नहरू तेर्स्याए ...।

‘के सम्पादक भन्ने शब्द लोप हुन लागेको हो?,’ उनको यो प्रश्नमा धेरै पक्ष समाहित थिए। मैले बुझेअनुसार उनी सोध्दै थिए, खोई सम्पादन, जसले प्रकाशकको प्रभावलाई चिर्ने आँट गरोस्। नाइँ भन्नै नजान्ने? सम्पादकीय लेख्न जान्ने। परिवेश, गहिराइ, तथष्टताबारे उनी प्रश्न गरिरहेका थिए। सायद खोई सम्पादकमा त्यो गुरुत्व? भनेर। के सम्पादक मात्र एउटा पद हो? जिम्मा मात्र एउटा करियर हो? 

‘डेटलाइन तराई’ नामका स्तम्भकार चन्द्रकिशोरजीले बोल्नुअघि नै ‘मलाई डर छैन’ भनेका थिए। साँच्चै साहसी कुरा गरे। राजनीतिक समाचार, नेताका भाषण तथा दिनचर्याले पत्रिकाका पानालाई अतिक्रमण गरेको पनि उनले बताए। हेटौडामा पनि यो कुरा चलेको थियो। मैले सोचें, भगवानले सबै पत्रिकालाई नाम चलेका सय जना सेलेब्रिटी राजनीतिज्ञका समाचार छाप्न प्रतिबन्ध गर्यो भने के मिडिया चल्ला?

चन्द्रकिशोरले थपे, ‘अझ ओपेड पृष्ठ त पार्टीे सूचनापाटीका रूपमा कब्जा हुन लागिसक्यो।’ चन्द्रकिशोरका अन्य कुराले पनि मलाई सचेत गरायो। राशी कत्तिको आवश्यक छ? यो ठाउँ एउटा न्युजले पाए कस्तो होला? यो साँच्चै सोच्नुपर्ने तथा अनुसन्धान गर्नुपर्ने विषय हो। वास्तवमा हामीले यसरी प्रत्येक कुरामा प्रश्न र समीक्षा गर्न डराउनु हुन्न। निरन्तर विकास भनेको पनि यही हो। 

राशीकै प्रसंगमा एउटा रोचक घटना। यो प्रसंग मलाई कसैले सुनाएको थियो। एउटा ब्रोडशिट दैनिकमा राशीफल लेख्ने ज्योतिषीलाई उल्लु बनाउने सोच त्यसै पत्रिकामा काम गर्ने कुनै पत्रकारको मनमा पलाएछ। शनिबारको साप्ताहिक राशीफल दुई साताअघि नै हाजिर हुन्थ्यो। ती पत्रकारले एक साताको राशीफलको गुरु कपी कतै लुकाएछन् र ज्योतिषीलाई फोन गरेर भनेछन्, ‘लौ बर्बाद भो, साप्ताहिक राशीफलको कपी हरायो, तुरुन्त फेरि लेखेर दिनुपर्यो।’ 

ज्योतिषी दौडेर आए। उनले फेरि सम्बन्धित साताको राशीफल लेखेर दिए। उनी गएपछि ती पत्रकारले एकै साताका लागि एउटै ज्योतिषीले फरक-फरक राशीफल लेखेको पाएँ। जस्तै, सुरूको गुरुकपीमा मीन राशीको साता राम्रो थियो भने अर्को कपीमा कार्यनाश हुने आदि लेखिएको थियो। यो कुरा फेरि ती ज्योतिषीलाई बोलाएर जानकारी गराएपछि विभिन्न बहाना गरेर उनले तेस्रो कपी लेखे। अर्को साताबाट ज्योतिषीले राशीफल फोटोकपी गरेर पो दिन थाले। 

विविधताको पक्षमा चन्द्रकिशोरले भने, ‘कार्टुनको पृष्ठभूमिमा हिमालमात्र किन आउँछ? किनकि कार्टुनिस्टलाई नेपाल घुम्न पठाइएकै छैन। नेपालमा हिमालबाहेक अरू पनि धेरै छन्। मैले आनन्दराज बतास, जो मेरा साथी, बोस र शुभचिन्तक पनि हुन्, उनले भनेको सम्झें, ‘तपाईंहरू काठमाडौंमा बसेर जुम्लाको विकासको प्रेजेन्टेशन गरेर समाधान खोज्नेको के कुरा गर्नु?’

अनि मैले पत्रकारिताका थप प्रकार पनि यसै फोरमबाट थाहा पाएँ। 

कर्मकाण्डी पत्रकारिता – यो गर्नका लागिमात्रै गर्ने हो।

झोले पत्रकारिता – यो अरूमार्फत गराउने तर नाम भने आफ्नो राख्ने।

पृतनापति पत्रकारिता – क्षेत्र (ब्युरो) मा बस्ने अनि पत्रकारिता कम चन्दा माग्ने काम ज्यादा गरेर (कि चाकरी कि ब्लेकमेल) उल्टै हेडअफिसलाई पैसा पठाउने। 

कसैले भने, ‘अनुजावाला केस (धरानकी युवतीले करिब एक करोड भेटाएर फिर्ता दिएको तर पछि आफैंले चर्चित हुन प्लट गराएको खुल्न आएको) झुटो भए पनि केही दिनका लागि एउटा सकारात्मक तरंग त ल्यायो देशमा।’ हो, मिडियाले पनि ‘गुड न्युज’ खोज्नुपर्छ। मैले सोचें, के हामी ‘गुड न्युज’ मा पनि गरिब छौं? 

एउटा रोचक कुरा चल्यो– नेपाल–भारतसम्बन्धी समाचार सचेत भएर छाप्नुपर्छ भन्नेमा। पवन तिवारीले सुनाए, ‘नेपाल–भारत सीमा सुरक्षा वार्ता समितिबारे मैले भारतीयलाई सोधें, के वार्ता हुन्छ? उनीहरूले नेपालबाट कुनै प्रस्तावै आउँदैन, बरु पोखरा, सगरमाथा अनि मीठो माछाको कुरा हुन्छ। पछि के थाहा भयो भने यसको कारण अंग्रेजी पो रहेछ। यताकाहरूले अंग्रेजीमा आफ्ना कुरा राख्न नजानेपछि ‘लुज टक’ गरेर आउनु हुँदो रहेछ।’

हामी सबै मरीमरी हाँस्यौं ।

अर्को प्रश्न उठ्यो, ‘दुर्गम र सुगम कसले छुट्याउने ? दुर्गम घोषित धेरै ठाउँ धेरै सुगम भइकन पनि एनजिओ र आइएनजिओको सूचीमा परिरहन दुर्गमै रहन सोर्स लगाउने गर्दा रहेछन् ।

अर्को प्रश्न उठ्यो, ‘दुर्गम र सुगम कसले छुट्याउने? दुर्गम घोषित धेरै ठाउँ धेरै सुगम भइकन पनि एनजिओ र आइएनजिओको सूचीमा परिरहन दुर्गमै रहन सोर्स लगाउने गर्दा रहेछन्।

पवन तिवारीजीले नै फेरि अर्को प्रसंग सुनाए। वीरगन्जवरपरका गाउँमा कन्डम धेरै खपत भएको समाचारले परिवार नियोजन निकै सफल भएको भन्ने ठानिएको थियो। त्यतिका साना गाउँमा कसरी यतिका धरै कन्डम खपत हुन्न भन्ने लागेर तिवारीजी बुझ्न गएछन्। कन्डम खपत भएको समाचार सही रहेछ तर कारण फरक। नजिकै नेपाली सेनाले कवाज गर्दा काछ लाग्ने भएपछि कन्डमको तेल लगाउँदा रहेछन्। उनको जोड पत्रकारहरू समाचारको गहिराइमा पुग्नुपर्छ र फलोअप गर्नुपर्छ भन्नेमा थियो।  

मैले पत्रकारिताको अर्को प्रकार थपिदिएँ, ‘विकास पत्रकारिता।’ आफूले भेटी पाएको छ भने एनजिओ आइएनजिओलाई फन्ड ल्याउन र पचाउन सजिलो हुने गरी समाचार छापिदिने। भेटी पाएको छैन भने असजिलो हुने गरी छाप्ने वा प्रसार गरिदिने। 

तिवारीका अन्य कुरा पनि रमाइला थिए। उनी यस्ता ऐतिहासिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित समाचारहरू पनि आइदिए हुन्थ्यो भन्ने चाहन्थे। 

–   १९७० मा सोलुखुम्बुमा नौ हजार जनसंख्या हुँदा भारी संख्यामा भारतीय सैनिक थिए रे... (किन होला?) 
–   सरकारले एक नागरिकको स्वास्थ्यका लागि ३३ डलर खर्च गर्नुपर्छ रे अहिले कति भइरहेको होला? 
–   एउटा जातिको विवाहमा दुलाहा अझै पनि छतमा बस्छ रे अनि दुलहीले तलबाट आऊ मसँग विवाह गर म कमाउँला भन्नुपर्छ रे। 

साह्रै प्रभावकारी अन्तरक्रियापछि नेपाल अनुभव गर्न हिँडेका हामी जनकपुरतर्फ लाग्यौं। दुई दिनसम्म हामीलाई साथ दिएका वीरेन्द्र शाहलाई पथलैयाबाट बिदाइ गरेपछि मैले मेरा रोजगार अनुभव र मेरो जीवनमा छाप छोडेका मेरा पुराना बोसहरूले दिएको शिक्षाको चर्चा गरिरहेँ। 

बर्दिबासमा रोकियौ। राम्रो विकास भएको रहेछ। सन् २०४० सम्ममा यो पनि महानगर हुन्छ होला। अब प्रभात दाइ मुडमा आए। ‘सुन्यौ भाइ, ओल्ड वाइन न्यु गर्ल,’ उनले भने। बाटोमा शिवमन्दिर देखियो। हामी गाउन थाल्यौं, ‘शिव मान्दै मान्दैन...।’ 

‘अब शिवजीलाई पनि शास्त्रीयले नपुगेर पप चाहिन्छ रे,’ प्रभात दाइले थपे। 

हामी जनकपुर पुग्यौं। यो हो, मैथिली संस्कृतिको केन्द्र। काठमाडौंबाट करिब ४ सय किलोमिटर दक्षिणपूर्वमा रहेको जनकपुरधाममा प्रसिद्ध जानकी मन्दिर छ। हालसम्मको नेपालको एक मात्र रेल यही छ जुन चल्ने रोकिने अवस्थामा छ। 

‘अब शिवजीलाई पनि शास्त्रीयले नपुगेर पप चाहिन्छ रे,’ प्रभात दाइले थपे। 

सीता माताको जन्म थलो। राजा जनकले यसै क्षेत्रमा हलो जोत्दा सीतालाई खेतमै फेलापारेको किंवदन्ती सुन्दै आएका थियौं। यही ठाउँमा सीताको स्वयंबर अनुष्ठान आयोजना भएको, जसले शिवधनुष तोड्नसक्छ उसैले सीतालाई बिबाह गर्नसक्ने शर्त सफलतापूर्वक पालना गरी अयोध्याका राजकुमार रामले सीतालाई बरमाला पहिर्याएको कथा पनि सानैमा पढेका थियौं। धार्मिक, सांस्कृतिक, पौराणिक र ऐतिहासिक महत्वले भरिएको मिथिला क्षेत्र। 

ताल, तलैया, मन्दिर, कुटी र कुण्डहरुले भरिएको जनकपुरमा रमाइलो के भने होटेलको बारेमा सोध्दा सबैले आधाआधा मात्र बताए। मानौं, ट्रेजर हन्ट खेलेजस्तो। अन्तिममा हामी पहिले सोधेकै ठाउँमा आइपुग्यौँ। त्यसपछि ओर्लेर सोध्यौं र जाने बाटो विस्तारपूर्वक बताउन भन्यौं। ‘हामीले नागरिकलाई कसरी बाटो बताइदिने भन्नेबारेमा समेत सिकाउन आवश्यक छ,’ मैले भनेँ। अनि ‘हो, त्यो अब हामी गर्ने,’ गुणराजजीले थपे। हामी हाँस्यौँ।

साँझ पदयात्रामा निस्क्यौं। बाटोमा ‘घेवर’ नामको यस क्षेत्रमा पाइने मीठो परिकार खायौं। ज्यादै मीठो। जनकपुर आएको बेला खुवामसला लस्सी के छुट्थ्यो र? बजाइहालियो। अनि खाने कि नखाने भन्ने दोधारमा १५ वटाजति मिठाई । हेल्थ कन्सियस तीनै जना आनाकानी गर्ने तर खान्नखान्न लोकाचार खाएपछि मानाचार। 

बिबाहको मौसम। बाटैभरि जन्ती। चर्को आवाजमा जनकपुरका ती गल्लीहरू गुन्जायमान थिए। प्रशस्त गीत सुनियो। अगाडि जेनेरेटर अनि पछाडि ट्युबलाइट र केटापक्षका बीच काराओके। चार/पाँचवटा त्यस्ता समूह भेटिए। 

प्रभात दाइले ‘माइन्ड योर लेङग्वेज’ का केही सिरियलहरू देखाए होटेलको कोठामा। ज्यादै रमाइलो। म र प्रभात दाइ, सुरेशजी र गुणराजजीको रुम साझेदारी नजानिँदो पाराले नियमजस्तै स्थापित भयो गाडीको सिटिङ रुलजस्तै। 

सुगारिकासँग कुरा गरेर सुतेँ। मेरो टिमकाले ‘नयाँ नयाँ विवाह मेरो भनेको के हो?’ भनेर जिस्काइरहन्छन्। तर, बूढीसँग सबभन्दा बढी कुरा गर्ने सुरेशजी हुन् तैपनि कान्छो म, सुनिरहन्छु। 

क्रमश:

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)


 

More form the Internet

loading...