Suvadin, Home

जनवरी ३१, २०१३
शुभ देश (भाग-४ )

कार्यक्रममा हुँदाहुँदै इमेल अलर्ट आयो, ‘जिम्बाब्वेको राष्ट्रबैंकमा देशका विभिन्न कर्मचारीलाई तलब बााँडिसकेपछि मात्र २१७ डलर बाँकी।’ तपाईं आज जिम्बाब्वेभन्दा धनी हुन सक्नुहुन्छ। मैले मनमनै गुनेँ र खुसी भएँ, ‘वाह मेरो देशभन्दा पनि गरिब देश रहेछ’ भनेर। तर, जिम्बाब्वेको माया लाग्यो। देश किन यसरी गरिब हुन्छ, ओरालो लाग्छ? अनि नेपाल? नेपाल यस्तो खालको समाचारमा आउने छैन। म त्यो हुन नदिन आफ्नो तर्फबाट भरपूर योगदान गर्छु । 

जनवरी ३१

आज पनि बिहानको कालो चियाले चाँडै निद्रा खुलायो। पिआर र जिआरएल फेरि जगिङको नाटकमा लागे। उनीहरू फर्केपछि हामी फेरि हिजोकै मिठाईपसलमा ब्रेकफास्ट लिन गयौं। पुरी–तरकारी, दही, रसवरी, दूधवरी, फेरि जेरी, फेरि पुरी फेरि तरकारी, कलाकन्द आदि खाएपछि मात्र हाम्रो सानो ब्रेकफास्ट सकियो। सुरेशजी भैरहवाका पवन मिष्ठानका पवनजीको बालसखा भएकोले मिठाइविद् नै भइसकेका छन्। हरेक मिठाई हरेक बाइटमा एक कमेन्ट। अब हामी मिठाई मुखमा पर्नेबित्तिकै उनको मुख हेर्थ्याैं निल्नुअघि। उनले राम्रो मुख लगाए भने थप्थ्यौं नभए हामीलाई पनि नमिठो लाग्थ्यो। ‘पियरप्रेसर’ भनेको सायद यही हो वा सुरेशजीले पाएको विश्वासको बक्सिस। 

खाएर मज्जा आएको प्रसंग। गुणराजजीले रोमनजिकैको पेरुज्जा गाउँनजिकैको बजारमा खाएको पिज्जा र दुई ग्लास रेडवाइनको कुरा झिके। उनले त्यो खानामा यस्तो शुद्धता र सन्तुष्टि पाए रे कि उनी रातभर घोडा बेचेको निद्रा निदाए रे अनि बिहान १० वटा हात्तीको जस्तो शक्ति महसुस गर्दै उठे रे। अनि उनलाई बाटोमा आएका फूलहरू र अंगुरका झुप्पाहरूले आफूलाई नै स्वागत गरेझैं लाग्यो रे। उनको यो कुराले मलाई साह्रै घत पर्यो। आफू पनि फुडी (खानाको पारखी) भएकोले होला उनको इम्प्रेसनसँग मैले आफूलाई कनेक्ट गर्न सकेँ अनि मलाई पाकछन्दको कल्पना भयो, एउटा यस्तो गोष्ठी जहाँ महान् कविहरू खानेकुराबारे वाचन गर्छन्। 

साँच्चै मानव जातिका लागि प्रकृतिले कति हो कति खाने कुरा बनाइदिएकी छन्। मलाई आफ्नो दराज खोलेर लुगा हेर्दा जति खुसी लाग्छ तरकारी बजारमा हरिया, राता, सुुन्तला, कलेजी, पहेंला रङ अनि गोला, लाम्चा, चेप्टा आकार देख्दा त्यस्तै आनन्द आउँछ। फूल, फल, जरामा कला सबै हुन्छ त्यहाँ, आँखालाई नै आनन्दित तुल्याउने। कलाले यो पक्षलाई समातेको हेर्न पाए म कति खुसी हुने थिएँ होला। वास्तवमा तरकारी बजार प्रकृतिको एउटा पक्षको सिर्जनको क्यानभास नै हो। 

अनि पत्रकारहरूका कठिनाइका कुरा पनि भए। गलत क्रियाकलाप भएका ठाउँमा समाचार संकलन गर्न जाँदा बाइकको टायर पञ्चर गराइदिँदा रहेछन्। कति जानेका, कस्ता लुजर ? 


होटेल फर्केपछि कार्यक्रम आरम्भ भयो। मिडियालाई ‘दबाब, प्रभाव र अभाव’ को रूपमा एकजनाले मजाले परिभाषित गरिदिए। कार्यक्रममा डा. राजेन्द्र विमल पनि उपस्थित थिए र उनले आर्थिक सबलीकरण र ‘द ओसन अफ नेसनल हिस्ट्री’को प्रसंग सुनाए। उपस्थित एक डिएसपीले पत्रकारहरूलाई साधनसम्पन्न बनाउनुपर्नेमा जोड दिए। उनले एउटा रमाइलो प्रसंग पनि सुनाए, एक पत्रिकामा द्वन्द्वकालमा पुलिस जवानले चेक गर्दै गरेको फोटो राखी हालसालै ‘घूस लिँदालिँदै प्रहरी पक्राउ’ भनी समाचार छापिएछ। साँच्चै मिडियाको संवेदनशील भूमिका हुन्छ भन्ने उनको धारणा थियो किनकि त्यस्तो खालका गलत समाचारबाट जवानहरूको हौसला धेरै घट्न सक्छ। 

अनि पत्रकारहरूका कठिनाइका कुरा पनि भए। गलत क्रियाकलाप भएका ठाउँमा समाचार संकलन गर्न जाँदा बाइकको टायर पञ्चर गराइदिँदा रहेछन्। कति जानेका, कस्ता लुजर? 
कार्यक्रममा हुँदाहुँदै इमेल अलर्ट आयो, ‘जिम्बाब्वेको राष्ट्रबैंकमा देशका विभिन्न कर्मचारीलाई तलब बाँडिसकेपछि मात्र २१७ डलर बाँकी।’ तपाईं आज जिम्बाब्वेभन्दा धनी हुन सक्नुहुन्छ। मैले मनमनै गुनेँ र खुसी भएँ, ‘वाह मेरो देशभन्दा पनि गरिब देश रहेछ’ भनेर। तर, जिम्बाब्वेको माया लाग्यो। देश किन यसरी गरिब हुन्छ, ओरालो लाग्छ? अनि नेपाल? नेपाल यस्तो खालको समाचारमा आउने छैन। म त्यो हुन नदिन आफ्नो तर्फबाट भरपूर योगदान गर्छु। 

उनीजस्ता पुराना पत्रकारलाई नयाँ मिडियाले आफ्नो अभिभावक बनाउन सकून्, मेरो शुभकामना !       


कार्यक्रममा मधेसी मूलका पुराना पत्रकार राजेश्वर नेपालीले स्वर चर्काउँदै बोले। कति पीडा रहेछ उनको मनमा तर पनि उनी प्रतिबद्ध छन्। उनले केही आफूले अनि केही मिडियाले गर्नुपर्ने कुरा गरे। त्यति सानो उनको घाँटीबाट कति ठूलो स्वर निस्कन सकेको? कुनै जमानामा पुलिससँग भएको आफ्नो तीतो अनुभवको झोंक उनले सोही अन्तक्रियामा सहभागी नेपाल पुलिसका डिएसपीलाई लक्षित गर्दै मज्जाले निकाले। सुन्दा यस्तो लाग्थ्यो, उनलाई त्यो पीडा दिने डिएसपी तिनै हुन् भनेर। मलाई लाग्छ, पाँच हजारजनाको जमातलाई उनी माइकबिनै सम्बोधन गर्न सक्षम छन्। उनीजस्ता पुराना पत्रकारलाई नयाँ मिडियाले आफ्नो अभिभावक बनाउन सकून्, मेरो शुभकामना!       

हामी विराटनगर लाग्यौं। मेरो लघुशंकाको चापलाई प्रभात दाइले कमला नदीको किनारसम्म तन्काइदिए। गाडी रोकिनेबित्तिकै म दौडिएँ। एकछिन यताउता छरिएपछि एक क्लिक गरेर हामी फेरि अगाडि बढ्यौं। 

बाटोमा  ‘घटिया’ लेखेको पुलको साइनबोर्ड देखेँ। मनमनै लाग्यो, यो पक्कै कुनै इमानदार ठेकेदारले नामाकरण गरेको हुनुपर्छ।


बाटोमा ‘घटिया’ लेखेको पुलको साइनबोर्ड देखेँ। मनमनै लाग्यो, यो पक्कै कुनै इमानदार ठेकेदारले नामाकरण गरेको हुनुपर्छ। नत्र नेपालका केही पुलबाहेक अरू सबैको नाम पनि यही राखिदिए हुने नि। तर, अरूले राखून् कि नराखून्, म चाहिँ एउटा पुललाई यो नाम राख्छु– सिनामंगल भीमसेनगोला पुल। महानगरको महारिङरोडको महाटोलको यो पुल भत्केको र नयाँ बन्न लागेको कति वर्ष भयो होला? सन् २०४० सम्ममा पक्कै पनि बन्ला यो पुल। तैपनि हामी चुप लागेर बसेका छौं, जति जाम भए पनि ढलमाथिको बाटोले हामीलाई तारिदिएकै छ। जय घटियापन! 

मेरो दिमागमा केही खेलिरहेको भेउ पाएर होला गुणराजजीले नयाँ कुरा सुरू गरे, ‘अहा, क्या सही समयमा सुरु भयो यो यात्रा अनि यो मिडिया। एक दिन ढिला भएको भए पनि नहुने अनि चाँडो भएको भए पनि नहुने। यात्राका लागि ठ्याक्क मौसमको संक्रमणकाल। अनि मिडियाका लागि ठ्याक्क अपेक्षाको संक्रमणकाल, नकारात्मकबाट सकारात्मक दुबै।’ मैले सही थपेँ, ‘यस, अ परफेक्ट टाइम टु इन्टर द कन्ट्री एज वेल एज मिडिया’। 

अब फेरि देशको कुरा उठ्यो । युवाका बहस उठे । एमएबिएफहरूका लागि केही गर्नुपर्छ भन्ने कुरा उठ्यो ।


अब फेरि देशको कुरा उठ्यो। युवाका बहस उठे। एमएबिएफहरूका लागि केही गर्नुपर्छ भन्ने कुरा उठ्यो। मैले सोधेँ, ‘के हो यो एमएबिएफ भनेको?’ गुणराजजीले भने, ‘मेट्रिक एपियर्डबट फेल्ड (एसएलसीमा सामेल तर असफल)।’ हुन पनि हो, यो जमातका लागि केही गर्न आवश्यक छ। खुला अनि व्यावसायिक विश्वविद्यालयका बादल कहिले बर्सिने हुन कुन्नी? पानी पर्लाजसरी ढाकेर पनि बसेका छन्, सूर्यलाई छेकेर अनि वर्षेका पनि छैनन्। एमएबिएफलाई न नाङ्गो आकाश, न पानी, मात्र आश, आश र आश। 

बादल भनेपछि विकासका बाधक अनि भूतहरू जस्ता मानिस दिमागमा आए। मैले प्रसंग फेरें। तपाईंहरूले भूत देख्नुभएको छ? अनुभवहरू सेयर हुन थाले।

प्रभात दाइको एक साथीले राति झ्यालबाट एउटा छायाँ बाहिर–भित्र गएको देख्दो रहेछ। डराएर साथीहरू बोलाएर भूत हेर्ने कार्यक्रम भएछ। त्यो दिन सायद भूतले पनि थाहा पाएछ। आएन।अनि अर्को दिन त्यो साथीले सुटुक्क एक जना मात्र साथी बोलाएछ। राति छायाँ देखिएपछि झम्टेर समातेको त आफ्नै काका। घरमा काम गर्ने केटी जो अलि बाहिरतिरको क्वार्टरमा बस्दी रहिछे। ऊ सँग काकाको अफेयर रहेछ। त्यही भएर उनी काकी निदाएपछि सुटुक्क जाँदा रहेछन्। लौ अब कसलाई के भन्नु? हामी यो कथा सुनेर हाँस्यौ। 

सुरेशजीले फेरि ‘म त विश्वास गर्दिनँ, तर मसँग एउटा कथा छ’ भने। उनको बुबाको स्वर्गारोहणपछि उनी र उनकी आमा मात्र घरमा बस्दा रहेछन्। तराईको एकतले घर। रात गहिरिएपछि घरको छानाबाट जहिले पनि घर्रघर्र गरेको आवाज आउने। अनि सानोबाट ठूलो हुँदै फेरि सानो भएर हराउने। एक दिन होइन, दुई दिन होइन, सँधैं उस्तै।

हरेक रात त्यस्तै हुन थालेपछि सुरेशजीलाई डर लागेछ। भोलिपल्ट राति फेरि आवाज आएपछि उनी मन दरिलो बनाउँदै छत हेर्न उक्लिएछन्। केही फेला नपरे पनि कोही भागेको जस्तो भने लाग्यो। अर्को दिन फेरि आवाज आउनासाथ दौडेर गजबार लिएर माथि जाँदा त कुकुर पो रहेछ। त्यो कुुकुरले छतमा राखिएको पुरानो ससको बोतलबाट सस झिक्न खोज्दो रहेछ र त्यो बिर्को खोल्नका लागि यताउता बोतल गुडाउँदो रहेछ। 

हामीलाई कथा रमाइलै लाग्यो। 

हामीले थप केहीबेर आत्माबारे चिन्तन गर्यौं। अनि गुणराजजीले आफ्ना कुरा सुनाए। उनी एउटा घरमा सुत्दा राति एउटा फुच्चीले उनको खुट्टा तानेजस्तो लागेछ। भोलिपल्ट बिहान पो उनले घरमूलीबाट थाहा पाएछन्। त्यस घरकी छोरीको तीन वर्ष पहिले घरमै मृत्यु भएको रहेछ। गुणराजजीले सानो हुँदा एउटा हाँसमा चढेको सपना देखेपछि उनलाई पढाइमा ज्यादै रुची बढेको रहेछ। जे होस्, गुणराजजीमा त्यस्तो केही शक्ति भएको मलाई पनि अनुभूति हुन्छ।

हुन पनि हो, हामी माइक्रो चिप र टेराबाइटमा अझै पनि अल्झिएका छौँ तर उनले त करोडौं वर्षको चरित्र रहने क्रोमोजोम बनाएकी छन्। मानवले बारुद बनायो उनले ज्वालामुखी बनाइदिइन्। हामी ड्याम बनाउँछौँ उनी सुनामी ल्याइदिन्छिन्। हामी न्युक्लियर बमको गर्व गर्छौं उनमा एउटा उपग्रह नै ल्याएर बजार्ने ताकत छ। हामी फगत केही तारा र ग्रहका कुरा गर्छौं उनी हजारौं तारामण्डल नियन्त्रण गरेर बसेकी छन्। हे प्रकृति आमा, तिमीलाई मेरो ढोग।


संसार अचम्म छ। दृश्य अदृश्य शक्तिहरूको खेल खेलाइरहेकी प्रकृति माता कति महान् छिन्। हुन पनि प्रकृति माताका रचनाहरू कति जटिल छन्। उनीसँग कसले प्रतिस्पर्धा गर्ने? कुन प्रविधि नजिक पुग्नसक्छ उनका सिर्जनासँग? शक्ति, प्राणी र प्रक्रिया। सबै उनको सृजना हो र उनी आफैंले यसलाई निरन्तर परिवर्तन गर्दै लगेकी छन्। हामी उनको यो ब्रम्हाण्डीय प्रयोगको फगत एक गिनिपिग त हौं। एकचोटि एकै झट्कामा मलाई आफू निकै सानो लाग्यो। 

हुन पनि हो, हामी माइक्रो चिप र टेराबाइटमा अझै पनि अल्झिएका छौँ तर उनले त करोडौं वर्षको चरित्र रहने क्रोमोजोम बनाएकी छन्। मानवले बारुद बनायो उनले ज्वालामुखी बनाइदिइन्। हामी ड्याम बनाउँछौँ उनी सुनामी ल्याइदिन्छिन्। हामी न्युक्लियर बमको गर्व गर्छौं उनमा एउटा उपग्रह नै ल्याएर बजार्ने ताकत छ। हामी फगत केही तारा र ग्रहका कुरा गर्छौं उनी हजारौं तारामण्डल नियन्त्रण गरेर बसेकी छन्। हे प्रकृति आमा, तिमीलाई मेरो ढोग। तिमीलाई योगदान त मैले के नै गर्न सकौँला र तर सानासाना प्रयासले भए पनि तिम्रा नियमपालन गर्ने प्रयास अवश्य गर्नेछु। 

हामी गुणराजजीको घर जाने कि भन्ने कुरामा उनले भोजपुरमा आफ्ना बुबालाई फोन गरेका रहेछन् तर उनका बुबाले त ‘घाँस काट्दैछु पछि कुरा गर’ भनेर फोन काटेछन्। वाह, ३० औं देश घुमेको एउटा सम्पादकको बाउ गाउँमा घाँस काटिरहेका छन्। ती बूढालाई के को कमी? तैपनि मेहनतबिना उनको अन्न के हजम हुन्थ्यो र? मलाई यस्ता खाले पुस्ताप्रति ठूलो सम्मान छ। यिनमा त्यो आँट छ, त्यो इलम छ र त्यो स्वाभिमान छ। यिनमा त्यो त्याग छ, जुन हामीमा छैन। यिनले सुख बुझेका छन्। हामीले भोग गर्ने प्रयास गरेका छौँ। 

यस्तै कुरामा गुणराजले आफ्नो गाउँको अनुभव बाँडे। एसएलसी दिएपछि पास नभइएला कि भनेर उनले कृषि सिपमा व्यावहारिक र व्यावसायिक दुवै हिसाबले दक्षता हासिल गरेका रहेछन्। उनले २७ वर्षपछि आफ्नी छोरीको एसएलसीको क्षणलाई सम्झँदै रिपब्लिका दैनिकमा ‘एसएलसी २७ इयर्स लेटर’ (२७ वर्षपछि एसएलसी) शीर्षकमा लेखे। मैले पनि पढें। निकै रोचक लाग्यो। सम्पादक त भए, मिलाएर लेखेका छन्। तर, यो कोणलाई पनि मान्नुपर्छ। गुणराजजी सोच्दै नसोचेको पक्षलाई पनि कोट्याउँछन् र सजीव स्वरूप दिन्छन्। म उनको यो अदाको फ्यान हुँ। साथै प्रभात दाइको जीवनको बुझाइ र सुरेशजीको डकुमेन्ट्री कलाकारिताको। फेरि उनै प्रकृति। हरेकलाई कुनै न कुनै विशेषता दिएर पठाएकी छन्। कतिले बुझ्छन् कतिले कस्तुरीझैं आफैंबाट निस्केको सुवास अन्त भनी खोज्दै भौँतारिन्छन्, बिचराहरू। 

पञ्चर भएको एउटा टायर बनाउन हामी लहानमा रोकियौं। लोकल चनाचट्पटे। वाह क्या मीठो! मैले दोहोर्याएर खाएँ,। हाँसको अन्डा अनि फलफूल खायौं। 

अन्डा बिक्रेतालाई सोध्यौं, ‘दिनमा कति बेच्नुहुन्छ? ‘तीन हजार देखि ३५ सय,’ उनले भने। 

राम्रै हो। गुणराजजी र मैले छलफल गर्यौं। पाँच सय मात्रै मार्जिन हुने भए पनि महिनाको १५ हजार नराम्रो होइन भन्ने हामीलाई लाग्यो। उद्यमशीलताको जहाँसुकै सम्भावना छ। गुणराजजीले महुली (सप्तरी) को दहीको जति प्रशंसा गरेका थिए म उत्तिकै निराश भएँ खान नपाएर । हामी महुली छोडेर अगाडि बढिसकेका रहेछौं। तर बरमझियाको पेडा खान पाइयो। सुरेशले यसलाई आइएसओ चिन्ह प्रदान गर्दै भने, ‘यो चाहिँ सही छ।’ किन नहोस् सही, एक किलो सकिन १० मिनेट पनि लागेन! यहाँको पेडाले निकै प्रशिद्धी पाएको छ, राजमार्ग भएर आउने जानेहरुका लागी अनिवार्य गन्तव्य हो। पेडाहरुको लस्कर देखेर भित्रैदेखी खाउ खाउ भन्ने भाव रसाएर आउँछ। यसको स्तरीयता र गुणबत्ताका बारेमा कसले मूल्याकंन गर्ला खै? पेडाहरुको अनवरत सेवन नै यसको लोकप्रियताको आधार हो।

हामी विराटनगर पुग्यौं। कोसी अञ्चलमा पर्ने यो नेपालकै दोस्रो ठूलो सहर। औद्योगिक केन्द्र। वरिपरि चारैतीर कल कारखाना। पूर्वाञ्चलकै शैक्षिक हब। सिमावर्ती नगर भएकाले पारवहन र वाणिज्य केन्द्र पनि। 

पौराणिक कालमा यहाँ विराट राजाको दरबारभएको केही प्रमाणका आधारमा यसलाई विराटनगर नामाकरण गरिएको हो। विराटनगरलाई १९७० सम्म गोग्राहा भनिदो रहेछ। केशर शमशेर जवराले भेडियारीमा पाइएका विराट राजाका दरबारका भग्नावशेषका आधारमा यसको नाम विराटनगर राखेका रहेछन्। नेपालको पहिलो उद्योग विराटनगर जुट मिल यही थियो।

बिपी कोइरालादेखि जिपी कोइरालासम्मको गृहथलो भएकाले राजनीतिक संघर्षको पनि यो केन्द्र रहँदै आयो। विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनले राणा शासनविरुद्ध माहौल तताएको थियो। 

यो मेरो पुरानो कर्मथलो पनि हो। म सूर्य नेपालमा हुँदा करिब दुई वर्ष यहाँ बसेको थिएँ। माया लाग्छ, यो ठाउँको। आफ्नै ठाउँमा आएको आभास र न्यानोपनका साथ सुगरीकालाई सम्झिरहेछु। उनलाई फोन गर्दै नयाँ रागको माहौल बनाई कतिबेला निदाएछु पत्तै भएन।

यो पनि हेर्नुहोस्

शुभ देश (भाग-१)

शुभ देश (भाग-२)

शुभ देश (भाग-३)

 


 

More form the Internet

loading...