Suvadin, Home

मेराे कलम
मेरो कथा (भाग २)

आज सवेरै मेरो कोठामा पनि उज्यालो छ। दियो जलिरहेको छ। तर, ती विधार्थीका जस्तो रेगुलर जल्ने दियो भने यो हैन्, कहिलेकाही झोक उठेपछि मेरा आखाँ कति खेर खुल्छन् कति खेल बन्द हुन्छन् मलाई पत्तो हुदैंन्। तिनै पत्तो नलाग्ने विहानीहरु  मध्येको एक आज पनि परेछ। राति देखि नै निन्द्रा लागिरहेको थिएन्। कतिञ्जेल कता पल्टे कतिञ्जेल कता। शरिर विस्तारमा थियो तर मन थिएन्। मनमा चञ्चलता थियो। शैशवकालका  झ झल्काहरु मस्तिष्कमा पोखिरहेका थिए। यथार्थमा घरको याद आईरहेको छ। ममीको याद आइरहेको छ।  
स्तम्भकार लेखपाल खत्री।

नामका बारे अघिल्लो श्रृंखलामै चर्चा गरिसके। जसले केही भएपनि मलाई चिनाउँन सघाउ पुर्यायो। अब बाकीं जिन्दगीका पानाहरु उघार्ने प्रयास गर्दैछु। 

घडीले बिहानको तीन बजाउँदैछ। बाहिर चिरबिर चिरबिर आवाज सुन्छु। त्यसबाहेक सुनसान । आकाश खुला छ। चन्द्रमाको प्रकाशले उज्यालो छरेको छ । सवैभन्दा बढी ध्वनी प्रदुषण गर्ने मानिसहरुको रत्तिभर पनि आवाज सुनिदैन्। तर, केही विधार्थीहरुको कोठाको दियो (लाईट) जलिरहेको छ। राति अबेरसम्म नभिन्ने ती दियोहरु विहानै सवेरै उठ्छन्। सायद, पढाईमा उनीहरु त्यत्तिकै व्यस्त हुदाँ हुन्। हुनत्, विधार्थी कालमा गर्नु अरु के नै छ र। बढी भन्दा बढी जीवनपयोगी ज्ञान,सीप बटुल्ने प्रयास गर्ने न हो। अध्ययन अनुसन्धानको उमेर पनि यही न हो। पछि त, परिवार, घरजम, जागिर अनेक झमेला पढ्ने समयनै कहाँ मिल्छ र? 

आज सवेरै मेरो कोठामा पनि उज्यालो छ। दियो जलिरहेको छ। तर, ती विधार्थीका जस्तो रेगुलर जल्ने दियो भने यो हैन्, कहिलेकाही झोक उठेपछि मेरा आखाँ कति खेर खुल्छन् कति खेल बन्द हुन्छन् मलाई पत्तो हुदैंन्। तिनै पत्तो नलाग्ने विहानीहरु  मध्येको एक आज पनि परेछ। राति देखि नै निन्द्रा लागिरहेको थिएन्। कतिञ्जेल कता पल्टे कतिञ्जेल कता। शरिर विस्तारमा थियो तर मन थिएन्। मनमा चञ्चलता थियो। शैशवकालका  झ झल्काहरु मस्तिष्कमा पोखिरहेका थिए। यथार्थमा घरको याद आईरहेको छ। ममीको याद आइरहेको छ।  

४० को दशकको अन्त्यतिर कैलालीको पाहाडी क्षेत्र बुढीतोलामा जन्मिए। मानिसहरु सुदूरपश्चिमका दुई जिल्लाहरु कैलाली र कञ्चनपुरलाई सुगम जिल्ला भन्छन्। कञ्चनपुर के कति सुगम के कति दुर्गम म चर्चा गर्न चाहान्न तर कैलालीलाई तराईको जिल्ला भन्दै सुगमताको विशेषण झुण्ठाउँनेहरुलाई एकपटक मेरो जन्मथलो घुमेर आउन अनुरोध गर्दछु। भिमदत्तपन्त राजमार्ग नभइदिएको भए हाम्रो धनगढीसँगको नाता नै रहन्थेन्। भीमदत्तपन्त राजमार्गले नै हाम्रो नाता कैलालीको सदरमुकान र राजधानी सहित देशका अन्य भागहरुसँग जोडेको हो। 

नेपाल देश नै गरिब छ। हामी त्यही देशका जनता। अझै सुदूरपश्चिमका रोग, शोक र भोकको कथा पनि कारुणिक छ। तिनै मध्येको एक मेरो गाउँ पनि । प्रायः सवैको एउटै पेशा कृषि । त्यो पनि आफुलाई बर्षभरि पनि मज्जाले खान पुग्दैन् । गाउँका सवैले खेतीकिसानी, मेलापात, पशुपालनमा गर्दै जीवन गुजारिरहेका हुन्थे। 

जवानीमा सवैले एकपटक लाहुर जानुपथ्र्यो। लाहुर जाने उत्तम विकल्प नजिकैको भारत थियो। प्रायः एक घरको एक सदस्य भारत गएकै थिए। कालापत्थर, दिल्ली, देहेरादुन, लखनउ, बैंगलेर बम्बै जस्ता ठाँउहरुमा गाउमा मान्छेहरु पस्थे। सोही भारत पस्ने परम्परालाई यहाँका सर्जकहरुले देउडामा मनछुने गरि पस्केका छन्, जसमध्येका पैया गुड्न लाग्या...ले साच्चकै यस क्षेत्रका यथार्थलाई झल्काएको छ। त्यसबाहेक पनि थुप्रै देउडाहरु भारत जाने लाहुरेहरुको सम्झनामा रचिएका छन्, व्यक्त गरिएका छन्। 

गाउँका त्यस्तै परिवारको माझमा मेरो पनि घर थियो। खरले छाएको, माटो र काठले लिपेको । दुईतले । तल्लो तलामा गाईगोरु बाध्ने र माथिल्लो तल्लामा हामी परिवार बस्ने । पानी आएमा चुईने, हावा लागेका हल्लने । बाल्यकालको मेरो ओत थियो त्यो।  जहाँबाट मैले संसारलाई चिहान थालेको थियो। 

बाल्यवस्थामा म कमजोर थिए रे। पटकपटक विरामी पनि भईरहन्थे। कहिले के कहिले के भईरहन्थ्यो । गाउँमा अस्पताल थिएन्। छोरो बाच्ने हो कि हैन्? आमाबुवालाई सधै चिन्ता हुन्थ्यो। सधैजसो झारफुख र जडिबुटीसँग मेरो बाल्यकाल वित्यो। आमाबुवा मेलापात अनि घरधन्दैमा व्यक्त हुने भएकाले मलाई हुर्काउने जिम्मा हजुरबुवाको हुन्थ्यो। म हुर्किसकेपछि उहाँसँग बसेका बेला भन्नुहुन्थ्यो बाबु तिमीलाई बचाउँन सारै गाह्रो भाको थियो। 

कतिपय अवस्थामा त विरामीले निकै च्यापेपछि घरमा रुवाबासी पनि चल्दो रहेछ। आमा निकै सानो मनको हुनुहुन्थ्यो। हामीलाई निको माया गर्नुहुन्थ्यो। उहाँ मेलापात गएको वेला पनि उहाँको चिन्ता घरमा हामीहरु तिर नै हुन्थ्यो। उहाँले चाहादा चाहादै पनि घरायसी व्यस्तताले हामीसँग समय विताउन पाउनुहुदैन थियो। विहानै निस्कनुभएको उहाँ साझँ मात्रै फर्कनुहुन्थ्यो।

तर, जति समय उहासँग विताए। ति अविष्मरणिय थिए। ती सवैभन्दा सुखका थिए। शैशवकालमा आमाको मातृत्वलाई जति शब्दहरुले बयान गरेपनि पुग्दैन्। उहाँको दिनभरिको थकान हामीलाई देखेर मेटिन्थ्यो वा हामीलाई थकानमा नभएको जस्तो अनुभव गर्नु हुन्थ्यो। जे भएपनि उहाँको माया अपार थियो...अहिले सम्झदा पनि आशुँ छचल्किएर आउँछ। 

क्रमशः 

मेराे कथाकाे पहिलाे श्रृखंला :- नाममा के छ र?


 

More form the Internet

loading...