Suvadin, Home

नीति कथा
स्वार्थ र परार्थ 

एउटा गाउँमा विदेशी पाहुनाहरू आए। पाहुनाहरूको हातले खाने बानी थिएन। भात खाने बेलामा उनीहरूले चम्चा मागे। गाउँमा चम्चाले खाने चलन थिएन। चम्चाको सट्टा डाडु पनिउँ दिए। उनीहरूले डाडुले खाने बिचार गरे। डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले। चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन्। यताउति पोखे। उनीहरूले आधाजति खानेकुरा पोखे। आधा पेट भरे र गाउँमा चम्चाको चलन नभएकोमा गिल्ला गर्दै विदा भए।

केही दिनपछि त्यही गाउँमा विदेशी पाहुनाहरूको अर्को समूह आयो। उनीहरू पनि हातले खाँदैनथे। उनीहरूले पनि काँटा चम्चा मागे। नपाएपछि डाडु पनिउँले थालको भात दाल मुछे।

तर, उनीहरूले आफैले खाएनन्। आमुन्ने सामुन्ने बसेर एकले अर्कोलाई डाडुले ख्वाए। यसरी एक सिता भात नपोखीकन उनीहरूले पेट भरे। अनि एकअर्कोलाई ख्वाएर आपसमा सहयोग र सद्भाव बढाउने अवसर दिएकोमा गाउँलेलाई धन्यवाद दिँदै बिदा भए।

–विनय कसजू 
 
More form the Internet

loading...