Suvadin, Home

नीति कथा
अनि आँखा खुल्यो

एकादेशमा एउटा भिखारी थियो। भिख माँग्न जाँदा उ सधैं राजाको महल अगाडि उभिएर जोडजोडसँग चिच्याउँथ्यो, ‘हे भगवान ! तैंले मलाई भिखारी बनाइस। अनि यो मान्छेलाई राजा। तँ जतिको निष्ठुरी कोहि छैन्। उसलाई महल, गाडी–घोडा, नोकर–चाकर सबै। अनि मलाई भिख माँग्नलाई यो फुटेको भाँडो? यो त हदै अन्याय भो।’
फाइल फाेटाे।

एकादेशमा एउटा भिखारी थियो। भिख माँग्न जाँदा उ सधैं राजाको महल अगाडि उभिएर जोडजोडसँग चिच्याउँथ्यो, ‘हे भगवान ! तैंले मलाई भिखारी बनाइस। अनि यो मान्छेलाई राजा। तँ जतिको निष्ठुरी कोहि छैन्। उसलाई महल, गाडी–घोडा, नोकर–चाकर सबै। अनि मलाई भिख माँग्नलाई यो फुटेको भाँडो? यो त हदै अन्याय भो।’

भिखारीको सधैंको कुरा सुनेर एकदिन राजाले नौकर पठाएर उसलाई बोलायो। अनि सोध्यो, ‘किन तपाईले सधैं भगवानलाई यसरी गाली गर्नुहुन्छ। के चाहियो?’

भिखारीले भन्यो, ‘भगवानले मलाई केहि पनि दिएन। मलाई पनि धन सम्पत्ति चाहियो।’ राजाले भन्यो, ‘ल ठिक छ। मैले तपाईलाई धन दिन्छु तर त्यसको बदलामा मलाई पनि तपाइ संग भएको केहि कुरा दिनुपर्छ।’

भिखारीले मनमनै सोच्यो, ‘म संग त केहि पनि छैन्। यो फुटेको भाँडो र थोत्रो झोला बाहेक। यो त मेरो लागि फाइदाकै कुरा हो। उ एकदम तयार भयो। अनि हाँस्दै राजालाई हुन्छ भन्यो। राजाले सोध्यो, ‘कति धन चाहियो?’ भिखारीले भन्यो, ‘एक लाख।’
राजाले भन्यो, ‘हुन्छ। तर मलाई तपाईको एउटा आँखा चाहियो।’ 

भिखारी एकछिन अल्मलियो। अनि त्यसपछि भन्यो, ‘यो त अलि भएन हजुर, मलाई दुई लाख चाहियो।’ राजाले खजान्चिलाई आदेश दियो, ‘वहाँलाई २ लाख दिनुस। अनि तुरुन्त एउटा आँखा निकाल्न जल्लादलाई भन्नुस्।’ राजाले २ लाख पनि उत्तिखेरै दिन तयार भएपछि भिखारीले सोच्यो ‘मैले सायद धेरै कम माँगेछु। अझै बढि माँग्नु पथ्र्यो।’ यस्तो सोचेर उसले फेरि भन्यो, ‘नाई नाई हजुर। मलाई त पाँच लाख भन्दा सुको पनि कम चाहिंदैन।’

राजाले हाँस्दै खजाँचीलाई ६ लाख दिन भन्यो। अनि जल्लाद लाई छिटो भिखारीको एउटा आँखा लिकाल्न भन्यो। जल्लादलाई आफुतिर आएको देख्दा भिखारी चिच्यायो, ‘कम्तिमा पनि दश लाख लिन्छु एउटा आँखाको।’ राजाले खजाँचीलाई दशलाख तुरन्त दिन आज्ञा गरे। 

भिखारीको दिमाग खराब भयो। उसले सोच्यो कि यो राजा पागल त भा छैन? एउटा आँखाको दश लाख दिन तयार भयो तुरुन्तै। उता राजा मुस्कुराउँदै भिकारीलाई हेर्दै थियो। यता भिखारी मनमनै हिसाब लगाउँदै थियो। एउटा आँखाको १० लाख। दुई आँखाको २० लाख। २ कानको जोड्दा ४० लाख। त्यसपछि नाक, मुख, हात, खुट्टा, अनि सबैभन्दा ठूलो त दिमाग। ओहो ! म संग भाको मेरो यो शरीर त अनमोल रैछ। यसरी सोच्दासोच्दै भिखारीको आँखा खुल्यो। अनि राजासँग क्षमा माँगेर भगवानलाई धन्यवाद दिँदै प्रस्थान गर्यो।
 


 

More form the Internet

loading...