Suvadin, Home

Cover Image

बिचरी ऊ के गर्न सक्छे र ? बस्, सम्मानजनक सवालका जवाफहरु सम्प्रेषण गर्न बाहेक
कविता "सम्बन्ध"

अविरल कुसुम

 

एउटा बाउ समानको पुरुषले
छोरी समानको कोमल
मनुस्मृतिको नारिलाई
गिध्दे नजर लाउँछ ।

विभिन्न माध्यमबाट
विभिन्न तरहले
पटक – पटक
गरेर जतिखेरै
उसको कोमल मनमा
कामुक सन्देशहरुले
गहिरो छाप बनाईदिन्छ ।

बलवान् उसका लठ्ठभावले
बेग्र सहवासको आलिङ्गनकाे
कल्पनामा परेर
अनेक क्रिया
र  प्रतिक्रियाकाे तरहले
उत्तेजनात्मक शैलीका
मेसेजहरु 
फेशबुकको इन्बक्समा
लगातार पठाइरहन्छ,
के चाहान्छ ऊरु
कुदृष्टीमा लाज पचेका
घिनलाग्दा शब्दहरूको
चाङ लगाउँछ
आफैंलाई बिर्सेर
आफ्नी छोरी समान
निर्दोष नारी लज्जा
भावको पटक पटक बलत्कार गर्छ ।

तर समाजमा
उसैको रवाफ छ
धाक धम्किमा
शासन सत्तामा
जंङ्गै पिल्लर झैं पेश हुन्छ
अनि उसैलाई कहालाईन्छ महान ।

तर,
बिचरी 

के गर्न सक्छे ररु
बस्,
सम्मानजन
सवालका जवाफहरु
सम्प्रेषण गर्न बाहेक ।

किन कि,
उस्लाई थाहा छ
ऊ बाउ समानको मान्छे हो,
उसँग सबथोक
राख्न सक्ने हैसियत छ
उस्लाई जे मन लाग्यो
त्यहि गर्न सक्ने सामर्थ्य छ ।

यदि
सम्मानजन प्रतिजवाफ
नगर्दि हो त,
कसरी नकार्न
सकोस् त
आफ्नो बाउको हितैसी समानलाई
त्यसैले
ऊ बिबस छे,
आफ्ना घाउहरूमा
आफैं मलमपट्टी लगाउन ।
अझै पनि छोड्दैन
यो नरपिशाचले
आफ्नो छोरी समान
कोमल स्पर्शि मन अनि
शरिरको मोललाई
कल्पनाको आलिङ्गनमा
कस्तो सम्बन्ध चाहान्छ ऊ ???


 

More form the Internet

loading...