Suvadin, Home
Nepal life 2.266M

भ्यालेन्टाइन–डे विशेषः
परफेक्ट ब्वाइफ्रेन्ड–२

त्यतिकैमा फेरि अर्को म्यासेज आयो – 'स्नेहा, फेसबुक चेक गर, तिमीले रिप्लाई गरिनौं, म २ बजेको फ्लाइटमा काठमाडौं फर्कंदै छु। भोलि नै अमेरिका फर्कन्छु, अब तिमी आफ्नो जिन्दगी बाँच र म आफ्नो जीवन बाँच्ने छु। आशा छ, तिमीलार्इ मेराे अलिकति पनि माया लाग्छ भने भोलि म उड्नुभन्दा अघि नै तिम्रो एक कल फोन अाउने छ। म प्रतिक्षामा रहने छु।' म स्तब्ध भएँ। बसेकी कुर्सी कहाँ खसे जस्तो लाग्यो। कोठाको झ्यालतर्फ हेरिरहें। जहाँ अनिमेशको तस्वीर, उसका म्यासेज, हँसिलो मुहार झलझली आइरह्यो।

सेबिता अधिकारी 


हजाराैं सपनाहरु लिएर उड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेकाे दुई महिनासम्म अनिमेशको म्यासेज आएन। मेरो काम चाहिँ हरेका दिन म्यासेज आयो कि भनेर हेर्ने थियो।

तर, उसले केही पठाएन। ऊ अमेरिका जानुभन्दा एकदिन अघि ‘बाई स्नेहा, अल दि लभ फर यू' लेखेको म्यासेज नै अन्तिम थियो। खोई अमेरिका गएपछि उसले किन यसरी बिर्सियाे!

एक साँझ काठमाडौंको धूलोबाट टाढा जान मन लाग्यो। केही नसोची फेसबुकमा ‘हेडिङ टु जनकपुर’ लेखें। र, बसपार्कतर्फ लागें। बसपार्क पुग्दा संयोग नै मान्नुपर्छ, जनकपुर जाने गाडी लागिरहेकोक थियो। टिकट गरें। ‘ए’ साइडको ६ नम्बर मेराे सिट थियाे। गाडीभित्र पुग्दा सानी बालिका साेही बसिरहेकी थिइन्, कसैलाई पर्खिएर। ‘नानु, म पनि बस्छु है,’ मैले भने।

‘होइन, यो त मेरो मामुको र मेरो  सिट हो, म कसैलाई बस्न दिन्न,’ सानी बालिकाको मिठो स्वरमा यही आवाज आयो। र, उनको निषेध मलाई रोमाञ्चक बनाउन काफी थियो।

मैलें भने, – ‘म पनि सँगै बस्छु, मलाई पनि बस्न देऊ न है।’

‘दिन्न,’ उनले सिधैँ अस्वीकार गरिन्। 

‘म तिमीलाई चकलेट दिन्छु’

‘चकलेट?!’

हँसिलो भयो उनको अनुहार। अनि भनिन्, 'म एकछिन सोच्छु है।’

‘ओके’

‘हुन्छ, तर कुन चकलेट?’

‘क्याटवरी, डेरी मिल्क’

‘वाउ हुन्छ, बस्नु’

त्यतिकैमा ती नाानीको आमा पनि आइपुगिन्। र, नानीलाई काखमा राखेर उनी झ्याल पट्टी बसिन्। हातमा चकलेट बोकेको ती नानीको नाम श्रृष्टि रहेछ।

जाडोको समय उनले कोरियन टोपी लगाएकी थिइन्। गाडीमा चिसो लाग्छ भनेर मैले पनि बसपार्कमै साेही टाेपी किनेर लगाएकी थिएँ। चकलेट खाँदै बसेकी गहँगोरी बालिका। जति राम्री थिइन्, उनका गतिविधि पनि त्यतिकै राेमाञ्चकारी थिए। टोपी उस्तै–उस्तै रहेको इंकित गर्दै उनले भनिन् ‘सेम–सेम।' मलार्इ बेसकन हासाे उठ्याे। यति सानी बालिका, कति बाठी!

उनको कुरा गराइले मलाई धेरै नै मोहित गरिसकेको थियो। सानी भएपनि यात्राभरि प्यारी, क्युट साथी पाएकोमा म दंग थिएँ।

जनकपुरमा चिनजानको कोही साथी त थिएनन्। तर, धेरै पहिले पिके क्याम्पसमा पढ्दा चिनेकी सपना झा जिविसमा काम गर्ने गर्छिन् भन्ने कसैले बताएको थियो। 

जानकी मन्दिरभन्दा केही सय मिटर टाढा रहेको बसपार्कमा उत्रिएपछि यात्राभरि सुमधुर अन्तरंग साटेकी श्रृष्टि र उनकी आमालाई न्यानो हग गरेर म अज्ञात गन्तव्यतर्फ अघि बढें। कहाँ जाने भन्ने कुनै टुुङ्गो थिएन।

रित्तो–रित्तो, खाली–खाली जस्तो अनु्भूति भइरहेको थियो। बस्, अनिमेशका यादका तरेलीहरुले मन कता–कता तरंगित भइरहेको थियो। जानकी मन्दिर छेवै रहेको जानकी गेष्ट हाउसमै म रोकिएँ। कफी कि अम्मली भइसकेकी म २ कप कफी खाइसकेपछि फ्रेस भएर जानकी मन्दिरतर्फ लागें। 

यसरी बिहान–बेलुका मन्दिर जाने–आउने गर्दा–गर्दै तीन दिन बितिसकेको थियो। तीन दिनपछि मोबाइल अन गरे। म्यासेञ्जर चेक गर्न पनि मुड भएन। करिब आधा घण्टापछि नयाँ नम्बरबाट फोन आयो। कसैको होला भनेर वास्ता गरिन। फेरि, ल्याण्डलाइण्डबाट टेलिफाेन आयो। म टेनसनबाट टाढा हुन अाएकी भन्ने लाग्याे। फेरि फाेन अाएर मलार्इ डिस्टर्ब भइरहेकाे थियाे।

त्यसपछि एसएमएस आयो। एसएमएसमा लेखिएको थियो – ‘हलो वेवी वेर आर यू राइट नाउ? आइएम अलसाे एट जनकपुर। तिमीलाई भेट्न एकदमै मन छ। आज त भ्यालेनटाइन डे पनि हो। यदि तिम्रो फेसबुक स्टाटस गलत होइन भने तिमी जनकपुरमै छौं। स्नेहा, प्लिज कल मिक ब्याक। –अनिमेश।’

अनिमेशको यस्तो म्यासेज देखेर मन भारी भएर आयाे। फेसबुक चेक गरें। जानकी मन्दिरमै खिचेको थुप्रै तस्वीर र म्यासेज गरेकाे रहेछ। त्रिभुवन विमानस्थलमा झलक पनि नहेरी गएको अनिमेश जनकपुरमा भेट्न आइपुग्यो।

त्यतिकैमा फेरि अर्को म्यासेज आयो – 'स्नेहा, फेसबुक चेक गर, तिमीले रिप्लाई गरिनौं, म २ बजेको फ्लाइटमा काठमाडौं फर्कंदै छु। भोलि नै अमेरिका फर्कन्छु, अब तिमी आफ्नो जिन्दगी बाँच र म आफ्नो जीवन बाँच्ने छु। आशा छ, तिमीलार्इ मेराे अलिकति पनि माया लाग्छ भने भोलि म उड्नुभन्दा अघि नै तिम्रो एक कल फोन अाउने छ। म प्रतिक्षामा रहने छु।'

म स्तब्ध भएँ। बसेकी कुर्सी कहाँ खसे जस्तो लाग्यो। कोठाको झ्यालतर्फ हेरिरहें। जहाँ अनिमेशको तस्वीर, उसका म्यासेज, हँसिलो मुहार झलझली आइरह्यो। उसँग भेटेकाे पहिलाे दिनदेखि विमानस्थलसम्मका हरेक स्मृति ताजा भएर अाए। उ मुस्कुराई रहेको थियो, केबल मुस्कुराइरहेको थियो।

याे पनि पढ्नुहाेस्ः

परफेक्ट ब्वाइफ्रेन्ड


 

More form the Internet

loading...